आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौँबाट आयो यस्तो डरलाग्दाे खबर, उपत्यकाको ढलमा भेटियो कोरोना भाइरस

प्रकाशित
758
SHARES

काठमाडौं । देशभर कोरोहानको कहरले नेपाल सरकार र नगरिक दुबैलाई हैरान पारिरहेको बेला काठमाडौँ उपत्यकाको ढलमा कोभिड १९ को भाइरस भेटिएको छ । एउटा अध्यनले उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको देखिएको छ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले उपत्यकाको ढलमा कोरोना भाइरस रहेको तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँका ढलको नमुना संकलन गरिएको थियो ।

यसै पनि नेपालमा कोरोना भाइरसको संक्रमणका कारण बिरामीको संख्या बढ्दै गइरहेका बेला उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएपछि स्थानीयमा झन् त्रास फैलिएको छ ।

अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताएका छन् । यस्तै उनले अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ । जस अनुसार केही देशमा यस्ता अध्ययनहरु भइसकेका छन् । नेपालमा पनि सोही आधारमा यस्तो अध्ययन गरिएको उनले बताएका छन्।

प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको अध्यनमा संलग्न डाक्टरहरुले बताएका छन् । जनस्वास्थ्य वैज्ञानिक समिरमणी दीक्षितका अनुसार भाइरसको थोरै मात्र परीमाण भयो भने ढलबाट जाँच गर्दा भाइरस पत्ता लाग्दैन । यो अध्ययनले उपत्यकाका केही ठाउँका धेरै मानिसमा संक्रमण देखाएको उनी बताउँछन् ।

यो अध्ययनको दायरा बढाएर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्ने डाक्टर दीक्षितले बताए । सेन्टर फर डाइनामिक्स एण्ड मलिकुलर नेपालले टाइफाइडको विषयमा पनि अध्ययन गरिरहेको छ । उनले भने, ‘हामीले नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानहरु गरिरहेका छौं तर राज्यले हाम्रो दक्षता प्रयोग गरेको छैन ।’

यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखिएको छ । यसरी स्वतन्त्र रुपमा गरिएका केहि अध्यनलाई आधार बनाई सरकारले उपत्यकालाई सिल गरेर पुरै उपत्यकावासीको कोरोना परिक्षण गर्न जरुरी देखिन्छ ।

यसैबीच सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्ति मार्फत २१७ जनामा कोरोना परीक्षण गरिएकोमा १० जनामा पोजेटिभ आएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितमध्ये ४ जना महिला र ६ जना पुरुष छन् । उनीहरु अछामका एक महिला, बैतडीका एक पुरुष, डोटीका ३ जना पुरुष,कैलालीका १ जना पुरुष र कंचनपुरमा २ महिला र २ जना पुरुष छन् ।

प्रतिक्रिया