आज : गते

ताजा शिर्षकहरु

मोदीले लद्दाख भ्रमण गरेलगत्तै चीनले दियो फेरी अहिलेसम्मकै यस्तो कडा चेतावनी, भारतभर हंगामा

प्रकाशित
630
SHARES

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘विस्तारवादको युग’ समाप्त भएको बताएका छन् । चीन र भारतबीच पछिल्लो तनावको मुद्दा बनेको हिामाली क्षेत्र लद्दाखमा आकस्मिक भ्रमणमा शुक्रबार पुगेका मोदीले गत महिना चिनियाँ सैनिकहरुसँगको भी’ड’न्तमा मा’रि’एका सैकिहरुलाई श्रद्धाञ्जली दिँदै सो कुरा बताएका हुन् ।

विस्तारवादको युग सकिएको छ, अहिलेको युग विकासको युग हो । इतिहास साक्षी छ, विस्तारवादी शक्तिहरु या त हारेका छन् या त पिठ्यूँ फकाउन बाध्य भएका छन्,’ गत जुन १५ मा भएको हिं’स्र’क सीमा झ’ड’पपछि उनले सो क्षेत्रमा गरेको पहिलो भ्रमणको क्रममा चीनको नाम नै नलिइकन सो कुरा बताएका हुन् ।

सो झ’ड’पमा २० जना भारतीय सैनिकहरु मा’ए’पछि चीनलाई ‘जवाफ फकाउनुपर्ने’ चर्को दवाब भारतीय प्रम मोदीमाथि छ । सोही दवाबका बीच उनी सो क्षेत्रको भ्रमणमा पुगेका छन् र लद्दाखको निमु क्षेत्रस्थित बेस क्याम्पमा सैनिकहरुसँग भेटघाट गरेर ‘हौसला’ बढाएका छन् ।

तपाईंहरुको साहस तपाईंहरु अहिले खटिनुभएका उचाईभन्दा पनि अग्लो छ’ त्यहाँ सैनिकहरुलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘तपाईंहरु र जनताले देखाएको वीरताले विश्वलाई नै भारतको शक्तिको बारेमा सन्देश गएको छ ।’

भ्रमणको दौरानमा भारतीय प्रम मोदीलाई चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत र सेना प्रमुख जनरल मनोज मुकुन्द नरभानेले साथ दिएका थिए । यतिखेर जुलाई १५ मा २० जना भारतीय सैनिकको मृत्यु तथा ७६ जना घाइते भएका घटनालाई लिएर चीन र भारतबीच चर्को आरोप प्रत्यारोप चलिरहेको छ ।

सीमा विवादका क्रममा समुद्री सतहबाट १४ हजार फीट माथि भएको सो हिंस्रक भीडन्त विगत ५० वर्ष यताकै सबैभन्दा खराब मानिएको छ । तर सो घटनामा परेर आफ्नो तर्फबाट कति ह’ता’ह’त भए भन्नेबारे चीनले अझै खुलाएको छैन ।

सीमाक्षेत्रमा बढ्दो विवाद र भारतीय प्रम मोदीको सो क्षेत्रमा भएको भ्रमणलाई लिएर शुक्रबार नै चीनले भारतलाई ‘रणनीतिक गल्ती’ नगर्न चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले नयाँ दिल्लीलाई ‘चीनसँग सहकार्य गरेर द्विपक्षीय सम्बन्धका सबै स्थितिहरुको रक्षा गर्न’ आव्हान समेत गरेको छ ।

उनले भारतीय पदाधिकारीहरुले गरिरहेको ‘गैरजिम्मेवार टिप्पणीहरु’को आलोचना समेत गरेका छन् । दैनिक पत्रकार भेटघाटको क्रममा उनले भनेका छन्, ‘भारतले चीनका बारेमा रणनीतिक गल्तीहरु गर्नु हुँदैन ।’

एशियाका दुई विशाल तथा आणविक शक्ति सम्पन्न छिमेकी मुलुकहरु चीन र भारतले करिब ३५०० किलोमिटर लामो सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक तथा युद्धका बन्दोवस्ती सामानहरु जम्मा गर्न थालेका छन् । सो विवादित सीमा क्षेत्रका धेरै जसो स्थानहरु राम्ररी चिन्हित नगरिएका अवस्थामा छन् । तनावलाई कम गर्न र भीडन्तलाई टार्नका लागि दुवै मुलुकबीच अहिले सैन्य तथा कुटनीतिक वार्ताहरु पनि चलिरहेका छन् ।

हेक्का रहोस्, चीन र भारतबीच एक अर्काले आफ्नो भूभाग कब्जा गरेको आरोप प्रत्यारोप चल्दै आएको छ । भारतको दावीअनुसार, चीनले ३८ हजार वर्ग किलोमिटर आफ्नो भूमि चीनले कब्जा गरेको छ । उता चीनको दावी चाहिँ भारतले नै चीनको ९० हजार वर्ग किलोमिटर भूमि भारतले कब्जा गरेको भन्ने रहँदै आएको छ ।

पछिल्लो चरणमा भारत र चीनबीच विवाद र तनाव चर्कनुको कारण चाहिँ हालको वास्तविक नियन्त्रण रेखा भनिने हालको सीमा क्षेत्रमा भारतले पछिल्ला वर्षहरुमा गरेका सैन्य संरचनाहरुको निर्माण एक हो भनी विश्लेषकहरु ठान्दछन् । त्यसबाहेक, भारतले विवादित लद्दाख क्षेत्र समेत गरी भारत प्रशासित काश्मिरलाई स्वायत्तताको प्रत्याभूति दिने संविधानको धारा ३७० लाई खारेज गरेपछि पनि तनाव चर्केका विश्लेषण एकाथरिको छ ।

पाकिस्तानले जस्तै चीनले पनि भारतको उक्त कदमलाई शंकाको नजरले हेर्ने गर्छ र त्यस कदमले आफ्नो क्षेत्रलाई समेत असर पर्ने ठान्दछ । सोही कारण गत वर्ष चीनले राष्ट्रसंघको सुरक्षा परिषदमा नै भारतको उक्त कदमका विरुद्ध विरोध जनाएसकेको छ ।

भारतले फाइटर जेट किन्ने !

यसबीच भारतको रक्षा मन्त्रालयले २० वटा रुसी मिट २९ र १२ वटा सुखोई एसयु–३०एमकेआई फाइटर जेटहरु किन्ने भएको छ । चीनसँगको विवाद चर्कदै जाँदा भारतले आफ्नो हवाई सेनामा थप्न आँटेका यी विमानहरुको मूल्य २ अरब ४३ करोड अमेरिकी डलर पर्दछ ।

त्यसो त सन् २०१६ मा नै फ्रान्ससँग सम्झौता गरिएको ३६ वटा राफल फाइटर जेटहरु पनि भारतीय हवाई सेनामा थपिँदैछ । ती ३६ वटा जेटका मूल्य ८ अरब ७८ करोड अमेरिकी डलर छ ।

गत हप्ता मात्रै भारतले चीनका ५९ वटा मोबाइल एप्लिकेसनहरुमाथि प्रतिबन्ध लगाइसकेको छ । त्यसैगरी, भारतले चीन लक्षित केही आर्थिक प्रतिबन्धहरु घोषणा गरेको छ । चीनबाट आयात भएका तर भारतका ठूला फर्मास्युटिकल उद्योगका लागि चाहिने कच्चा पदार्थ ठूलो मात्रामा भारतीय भन्सारमा थन्किएका छन् ।

भारत सरकारले आफ्ना विद्यृत गृहका लागि आवश्यक उपकरणहरु चीनबाट खरिद नगर्ने तथा नयाँ सडक परियोजनामा चिनियाँ निर्माण कम्पनीलाई काम नदिने निर्णय समेत गरेको छ ।

शुक्रबार नै चीनले द्विपक्षीय सम्बन्धलाई ‘कृत्रिम प्रतिबन्ध’ लगाउने भारतका त्यस्ता कदमले भारतीय स्वार्थलाई नै नोक्सान पुर्याउने जनाउँदै दुवै मुलुकले सीमाक्षेत्रमा शान्ति कायम गर्न सहकार्य गर्नुपर्ने बताइसकेको छ ।

साथसाथै, ‘भारतमा चीनको व्यवसायिक अधिकार रक्षाको लागि वेइजिंगले आवश्यक कदमहरु चाल्ने’ चेतावनी पनि शुक्रबारको प्रेस भेटघाटमा चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले दिइसकेका छन् । स्मरणरहोस्, चीन र भारतबीचको वार्षिक द्विपक्षीय व्यापार ९२ अरब अमेरिकी डलर बरारबरको छ ।

प्रतिक्रिया