आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वभर काेराेना संक्रमितको संख्या १ करोड ११ लाख बढि

प्रकाशित
816
SHARES

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ११ लाख ८१ हजार ८१८ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ हजार १३७ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३७६ पुगेको छ ।

भाइरसको संक्रमण देखिएको ६ महिना नाघ्दा ६२ लाख ९२ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ६२ लाख ९२ हजार २३ छ । निको हुनेको यो संख्या कुल संक्रमितको ५६ प्रतिशतभन्दा बढी हो ।

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३२ हजार ८६१ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् । एकै दिन २ लाख ८ हजार २७० जना संक्रमित भएका छन् ।  कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ७९ जनाको मृत्यु भएको छ । २४ लाख ५४ हजार ४४६ जना संक्रमित भएकोमा १४ लाख ११ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७३ हजार ४७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ७१ हजार ९१६ पुगेको छ । त्यसमध्ये १४ लाख ७५ हजार १११ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ५९ हजार ९०३ जनाको मृत्यु भएको छ । २४ लाख ७३ हजार ४४९ जना संक्रमित भएकोमा १६ लाख ५३ हजार ३०३ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ९० हजार ८६३ जनाको मृत्यु भएको छ । २४ लाख २० हजार ४६७ जना संक्रमित भएकोमा १५ लाख ६४१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १० हजार ९२० जनाको ज्यान गएको छ भने ४ लाख ५० हजार ६५८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख १७ हजार ७०५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ८९७ जना संक्रमित भएकोमा ८ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया