आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फ्रान्सका प्रधानमन्त्रीद्वारा एकाएक राजीनामाको घोषणा, निकाले यस्तो विज्ञप्ति

प्रकाशित
566
SHARES

काठमाडौं । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले राजीनामा दिएका छन् । शुक्रबार सार्वजनिक गरिएको एक विज्ञप्तिअनुसार एडुवार्डले राष्ट्रपति इम्यानुअल म्याक्रोँसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेको बताइएको छ ।

राजीनामा दिए पनि के कारण राजीनामा दिइएको हो भन्नेबारेमा भने केही बताइएको छैन । यद्यपि राष्ट्रपति म्याक्रोँले आफ्नो कार्यकालको अन्तिम दुई वर्षको लागि अघि सारेको योजनाको कारण प्रधानमन्त्री र सरकारको राजीनामा आएको हुन सक्ने बताइएको छ ।

राजीनामा दिए पनि नयाँ सरकार नबनुञ्जेलसम्म यो सरकारले नै आफ्नो काम गर्नेछ । यद्यपि राष्ट्रपतिले छिटै नै नयाँ सरकार बनाउन विश्वास लिइएको छ । यद्यपि राजीनामा दिएका प्रधानमन्त्री पुनः सोही पदमा दोहोरिन सक्ने बताइएको छ ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँ अबको २१ महिनापछि हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न चाहन्छन् । तर, केही समयअघि भएको नगरस्तरीय निर्वाचनमा भने उनको पार्टीले पराजयको सामना गरिसकेको छ । त्यसले उनले अबको दुई वर्षका लागि नयाँ कार्ययोजना अघि सारेका हुन् । त्यसको लागि उनले नयाँ टिमसहित काम गर्ने योजना ल्याएको हुनसक्ने बताइएको छ ।

यसैबीच चीनले यसै हप्ता हङकङमा नयाँ कानुनी व्यवस्था लागू गरेसँगै अमेरिकाले त्यसको कडा आलोचना गर्दै आएको छ । उक्त कानुन लागू गराउने चिनियाँ अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाउने घोषणा गरिसकेको अमेरिकाले ती अधिकारीहरुसँग कारोबार गर्ने बैंकलाई कारवाही गर्ने कानुन अनुमोदन गरेको छ ।

विधेयकले हङकङको स्वायत्तताविरुद्ध कानुन ल्याउने चिनियाँ अधिकारीहरुसँग कारोबार गर्ने वित्तीय संस्थाहरुलाई कारवाही गर्ने छ । उक्त विधेयक अमेरिकाको तल्लो सदनमा बुहमतले अुमोदन गरेको हो । यता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त विधेयकमा हस्ताक्षर वा कार्यान्वयन नगर्न चेतावनी दिएका छन् ।

उनले आफूहरुको कदमविरुद्ध विधेयक अनुमोदन गरे प्रतिवाद गर्ने बताएकाे चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसअघि हङकङको मामिलामा आफ्ना नागरिकमाथि अभद्र व्यवहार गर्ने अमेरिकी अधिकारीहरुलाई चीनलेपनि भिसा प्रतिबन्धको घोषणा गरिसकेको छ ।

यसैबीच हङकङका प्रजातन्त्रवादी युवा अभियन्ता मध्येका एक चीनले विवादास्पद नयाँ सुरक्षा कानून लागु गरेपछि विस्थापित भएका छन् । प्रजातन्त्रवादी विद्यार्थी नेता तथा स्थानीय तहका प्रतिनिधि नाथन लले नयाँ सुरक्षा कानून लागु भएको दुई दिनपछि आफू हङकङबाट विस्थापित भएको बताएका हुन् ।

सन् २०१४ मा अम्ब्रेला प्रोटेस्टको क्रममा जेलमा पनि समय बिताएका उनले विदेशमै रहेर पनि प्रजातन्त्रको पक्षमा वकालत गरिरहने बताएका छन् । नयाँ सुरक्षा कानूनले हङकङले पाउँदै आएको स्वतन्त्रतालाई मार्ने भए पनि चीनले त्यसको बेवास्ता गरेको उनले बताएका छन् ।

उता उत्तर कोरियाका नेता किम जोङ उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा रहेको बताउनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको पोलिटव्यूरो बैठकमा नेता किमले विश्वमा महामारीको रुपमा कोरोनाको संक्रमण फैलिएपनि उत्तर कोरियाले यसलाई नियन्त्रणमा राख्नु सफलता भएको बताको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उनले भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले चालेका कदम पर्याप्त नभएपनि यसलाई सुधार गर्दै अघि बढ्न अधिकारीहरुलाई निर्देशन दिएको बताइएको छ । विश्वका अधिकांश देशहरुले लकडाउन खुकुलो बनाउँदै लगेपनि उत्तर कोरियाले सार्वजनिक गतिविधिहरुमा लगाएको रोकलाई अझै निरन्तरता दिने बताइएको छ ।

उत्तर कोरियामा सार्वजनिक शिक्षण संस्थाहरु सुचारु भएपनि अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न भने रोक लगाइएको छ । नेता किमले महामारीविरुद्ध लड्नका लागि निर्माण भइरहेका स्वास्थ्य संरचना निर्माणका काम तत्काल पूरा गरेर सञ्चालनमा ल्याउन पनि अधिकारीहरुलाई निर्देशन दिएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनको निर्देशनअुनसार नै उनले भीडभाडमा जाँदा भौतिक दुरी कायम गर्नुका साथै मास्कको प्रयोगमा कडाइ गर्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया