आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सकियो ओली-प्रचण्डबीचको तीनघण्टा लामाे वार्ता, के भयो सहमति ?

प्रकाशित
839
SHARES

केहि दिनदेखि आन्तरिक विवादको किचलोमा फसेको सत्तारुढ नेकपाका दुइ अध्यक्ष केपि शर्मा ओली र पुष्प कमल दाहालबीच करिव तीन घण्टा गोप्य छलफल भएको छ । दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले संचारकेन्द्रलाई बताएको छ ।

दुई अध्यक्षवीचको छलफलमा पार्टीका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी भएको जनाइएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले मनपरी हिसाबले काम गर्न थालेपछि पार्टीमा विवाद भएको नेकपाका एक नेताले बताएका छन् । तिनै बिषयबस्तुलाई लिएर दुई अध्यक्षबीच छलफल भएको र भोलि स्थायी कमिटीको बैठकअघि एकचोटि फेरि छलफल गर्ने सहमतिसहित आजको छलफल टुंगिएको ति नेताले संचारकेन्द्रलाई बताएका छन् ।

हिजो प्रधानमन्त्री ओली नगएपछि प्रचण्ड एक्लैले बसालेको नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । भोलि स्थायी समितिको बैठक बस्नुअघि पुनः दुई अध्यक्षबीच छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

केहिदिनादेखी सत्तारुढ नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । प्रधनमन्त्रीको राजिनामा मागदेखि पार्टी नै फुट्ने हो कि भन्ने तहको तरङ्ग उत्पन्न गराएको नेकपा विवाद भोलिको बैठकपछि समय हुन्छ वा झन् बढेर जान्छ त्यो भने हेर्न बाँकी नै छ ।

नेकपा भित्र एक थरि नेताले प्रधानमन्त्री ओलीले मनपरी तरिकाले काम गरेका कारण विवाद बढेको बताएका छन् भने अर्को थरीले प्रचण्डले आफु प्रधनमन्त्री बन्ने योजना अनुसार ओलीका बिरुद्ध गतिबिधि बढाएका कारण विवाद बढेको आरोप लगाएका छन् । पार्टीका शिर्ष नेताहरुमा विवाद बढेपछि नेकपाका नेता कार्यकर्ता पनि पक्ष बिपक्षमा विभाजित भएर आफ्ना धारणाहरु सामाजिक सञ्जालमा राखिरहेका छन् ।

यसअघि ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरुले शुक्रबार बिहान एकै ठाउँमा भेला भएर शीर्षनेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी गर्ने निर्णय गरेका छन् ।

शुक्रबार बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीसमेतको सहभागिता थियो । भेलामा प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।

दोस्रो पुस्ताका नेताहरुको भेलाले एकताको आधार खोज्ने सहमति गरेका छन् । यसका लागि थप छलफल गर्दै जाने नेताहरुवीच सहमति भएको छ । दोस्रो पुस्ताका नेताहरुको भेलाले पार्टीभित्रको अन्तरविरोध मथ्थर पार्न सबैले शीर्षनेताहरुलाई संयमित रहन आग्रह गर्ने निर्णय गरेको भेलामा सहभागी टोपबहादुर रायमाझीले बताए ।

पूर्वमाओवादी खेमाका नेता रायमाझीले भने, ‘हामी ११ जना बस्यौं । पार्टीभित्र जुन स्तरको विवाद भइराखेको छ, यसलाई नियन्त्रणमा लिने, साम्य पार्ने र त्यसपछि असहमतिहरुलाई सहमतिमा बदल्दै एकतालाई सुदृढ पार्ने निर्णय भएको छ ।’

युद्धविराम’ को प्रयास

नेकपाभित्र पछिल्लो विवादले पार्टी विभाजनको संघारमा पुग्न लागेको संकेत मिलेको शीर्ष नेताहरुले नै बताएपछि दोस्रो पुस्ताका नेताहरू एकता बचाउन संगठित भएका हुन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली एकातिर छन् भने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अर्कोतिर छन् । यद्यपि सहमतिको प्रयास जारी राख्न शुक्रबार दुवैतिर रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठक बसेको हो ।

११ नेताकाे बैठकले पार्टी एकतालाई हरहालतमा जोगाउन पर्नेमा जोड दिएको छ । ‘यसका लागि युद्धविराम गरौं भनेका छौं’, एक नेताले भने, ‘अहिले जुनखालको आरोप प्रत्यारोप, ब्लेम गेम भइरहेको छ, त्यसलाई रोकौं ।’

पार्टीलाई एकतावद्ध बनाउँदै महाधिवेशनतिर लैजाने मोडलको खोजी गर्ने नेताहरुले बताएका छन् । यसका लागि अध्यक्षद्धय र अरु नेताहरुको बीचमा पनि सम्वाद गर्नुपर्नेमा दोस्रो पुस्ताका नेताहरुले जाोड दिएका छन् ।

प्रतिक्रिया