आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तीन घण्टासम्म ओली-प्रचण्डबीच गोप्य भेटघाट, के-के बिषयमा भयो छलफल ?

प्रकाशित
604
SHARES

काठमाडौं । केहि दिनदेखि आन्तरिक विवादको किचलोमा फसेको सत्तारुढ नेकपाका दुइ अध्यक्ष केपि शर्मा ओली र पुष्प कमल दाहालबीच करिव तीन घण्टा गोप्य छलफल भएको छ । अध्यक्षद्वय ओली र दाहालवीच बालुवाटारमा भएको तीनघण्टा लामो छलफलमा आज कुनै ठोस निष्कर्ष निकाल्न नसकेको स्रोतले संचारकेन्द्रलाई बताएको छ ।

दुई अध्यक्षवीचको छलफलमा पार्टीका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी भएको जनाइएको छ ।विहान साढे ११ बजेदेखि दिउसो साढे २ बजेसम्म भएको छलफलले कुनै निष्कर्ष ननिकाली भोलि फेरि बस्ने सहमति मात्र गरेको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले मनपरी हिसाबले काम गर्न थालेपछि पार्टीमा विवाद भएको नेकपाका एक नेताले बताएका छन् । तिनै बिषयबस्तुलाई लिएर दुई अध्यक्षबीच छलफल भएको र भोलि स्थायी कमिटीको बैठकअघि एकचोटि फेरि छलफल सहमतिसहित आजको छलफल टुंगिएको ति नेताले संचारकेन्द्रलाई बताएका छन् ।

हिजो प्रधानमन्त्री ओली नगएपछि प्रचण्ड एक्लैले बसालेको नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । भोलि स्थायी समितिको बैठक बस्नुअघि पुनः दुई अध्यक्षबीच छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

केहिदिनादेखी सत्तारुढ नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । प्रधनमन्त्रीको राजिनामा मागदेखि पार्टी नै फुट्ने हो कि भन्ने तहको तरङ्ग उत्पन्न गराएको नेकपा विवाद भोलिको बैठकपछि समय हुन्छ वा झन् बढेर जान्छ त्यो भने हेर्न बाँकी नै छ ।

नेकपा भित्र एक थरि नेताले प्रधानमन्त्री ओलीले मनपरी तरिकाले काम गरेका कारण विवाद बढेको बताएका छन् भने अर्को थरीले प्रचण्डले आफु प्रधनमन्त्री बन्ने योजना अनुसार ओलीका बिरुद्ध गतिबिधि बढाएका कारण विवाद बढेको आरोप लगाएका छन् । पार्टीका शिर्ष नेताहरुमा विवाद बढेपछि नेकपाका नेता कार्यकर्ता पनि पक्ष बिपक्षमा विभाजित भएर आफ्ना धारणाहरु सामाजिक सञ्जालमा राखिरहेका छन् ।

प्रतिक्रिया