आज : गते

ताजा शिर्षकहरु

काेरोना महामा’रीका बेला भारतमा घट्यो देशै हल्लिने घटना, डिएसपी र इन्सपेक्टरसहित आठ प्रहरी मा’रिए

प्रकाशित
1.3K
SHARES

काठमाडौं । विश्वभर कोरोना महामारीले सबै देशको हालत खराब बनाइरहेका बेला भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको ह’त्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्ध गो’ली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मा’रिएका हुन् । अन्य केही प्रहरीहरु घाइते छन् । उनीहरुलाई कानपुरकै इमरजेन्सी अस्पतालमा भर्ना गरिएको छ ।

लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए । ती प्रहरीहरुलाई घरको छतबाट गो’ली हानिएको थियो । यो आ’क्र’मणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको ह’तियारसमेत लु’टेर फरार भएको बताइएको छ ।

प्रतिरक्षामा गो’ली चलाउँदा दुवेको समूहका तीन सदस्यसमेत मारिएको प्रहरीले जानकारी दिएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले आ’क्र’मणकारीहरुवि’रुद्ध कारवाही चलाउन निर्देशन दिएका छन् । उत्तर प्रदेश प्रहरीले सबै सीमा नाका बन्द गरेको छ ।

प्रतिक्रिया