आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ट्रम्पले कोरोना भाईरसलाई चीनसँग जोड्दै दिए फेरी यस्तो अनौठो संज्ञा, विश्व नै दंग

प्रकाशित
1.1K
SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘यो चिनियाँ प्लेग हो । फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं । तर मसी सुक्न नपाउँदै यसले प्रभावित पा¥यो ।’

अमेरिकामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेको बेला ट्रम्पले पछिल्लो अभिव्यक्ति दिएका हुन् । १४ औं शताव्दीको पाँचौं र छैटौं दशकमा युरोपभरि फैलिएको प्लेग रोगका कारण युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्यान लिएको बताइन्छ ।

अहिले २१ औं शताव्दीमा (सन् २०१९ को डिसेम्बर अन्तिम साता) चीनको वुहानबाट कोरोना भाइरस संक्रमण फैलिन सुरु गरेको थियो । चीनले छोटो समयमै कोरोना संक्रमणलाई नियन्त्रणमा लिँदा ट्रम्पले चीनको प्रशंसा गरेका थिए । तर, जब कोरोना संक्रमणले विश्वव्यापी महामारी लियो र अमेरिका सबैभन्दा बढी प्रभावित भयो, तब ट्रम्प चीनमाथि आक्रामक हुँदै आएका छन् ।

उनले जानीबुझी चीनले भाइरस फैलाएको आरोप लगाएका छन् । चीनको पक्षपोषण गरेको भन्दै ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग पनि बन्द गराएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट अमेरिकामा २७ लाख ३५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणकै कारण अमेरिकामा १ लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ ।

यस्तै यस वर्षको उत्तरार्द्धमा कोभिड–१९ अर्को चरणको संक्रमण देखा पर्‍यो भने विश्वको कार्य घन्टा ११ दशमलव ९ प्रतिशतले गुम्ने अन्तरराष्ट्रिय श्रम संगठन आईएलओले चेतावनी दिएको छ । यो भनेको ३४ करोड फूल टाइम रोजगारी गुमे बराबर भएको संगठनको भनाइ छ ।

कोभिड–१९ को पाँचौं संस्करण अनुसार यस वर्षको बाँकी अवधिमा विश्वको श्रम बजारमा पुर्नबहाली अनिश्चित र अपूरो छ । यस वर्षको दोस्रो त्रैमासमा विश्वको कार्य घन्टामा १४ प्रतिशतको कमी आएको थियो । यो भनेको ४० करोड फूल टाइम रोजगारी बराबरको हो । यस वर्षको पूर्वार्द्धमा विश्वभर कार्य घन्टामा आएको कमी यस अघि अनुमान गरिएकोभन्दा निकै धेरै रहेको छ ।

स्थिति राम्रो हुँदा समेत महामारी पूर्वको स्तरमा पुग्न पर्याप्त नहुने चेतावनी संगठनले दिएको छ । निराशानजनक स्थितिमा भने वर्षको दोस्रो अर्धवार्षिक अवधि दोस्रो त्रैमासजत्तिकै चुनौतीपूर्ण हुनेछ ।

पहिलो त्रैमासमा सिकिएको पाठका आधारमा अति नै राम्रो नीतिगत प्रतिक्रिया आयो भने पनि वर्षको अन्त्यसम्ममा विश्वको कार्य घन्टामा ११ दशमलव ९ प्रतिशतको कमी आउनेछ । यो गत वर्षको चौथो त्रैमासको तुलनामा करीब ३४ करोड फूल टाइम रोजगारी बराबर हो ।

यस्तै ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन अहिलेसम्मकै सर्वाधिक २ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन् । एकै दिन २ लाख ५ हजार ७४५ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ९ लाख ७१ हजार ३०२ पुगेको छ ।

यस्तै विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ हजार ९० छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख २३ हजार १७७ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ६१ लाख ३४ हजार ६१५ पुगेको छ भने ४३ लाख १३ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९२ हजार ५६४ जनाको मृत्यु भएको छ । २४ लाख ४० हजार ६२५ जना संक्रमित भएकोमा १३ लाख ९७ हजार ५०६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७१ हजार ९५६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ३ हजार ८१३ पुगेको छ । त्यसमध्ये १४ लाख ४९ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५८ हजार ८८९ जनाको मृत्यु भएको छ । २४ लाख १९ हजार ८४८ जना संक्रमित भएकोमा १६ लाख ८ हजार ९६६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ८८ हजार ९६५ जनाको मृत्यु भएको छ । २३ लाख ६२ हजार २१० जना संक्रमित भएकोमा १४ लाख ५९ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा १० हजार ६२२ जनाको ज्यान गएको छ भने ४ लाख ३४ हजार ४४२ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ९ हजार ६१६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ६४६ जना संक्रमित भएकोमा ८ हजार ६८७ जना संक्रमणमुक्त भएका ।

प्रतिक्रिया