आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बलिउडमा अर्को बज्रपात, चर्चित कोरियोग्राफर सरोज खानको उपचारका क्रममा निधन

प्रकाशित
0.9K
SHARES

काठमाडाैं । बलिउडमा एकपछि अर्को बज्रपात जारी छ । फेरी चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति निधन भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। उनी ७२ वर्षकी थिइन्।

जुन १७ मा सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्। बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास’ सिनेमाको ‘डोला रे डोला’, माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन्।

उनले अन्तिमपटक करन जोहर निर्मित ‘कंलक’ सिनेमाको ‘ तबाह हो गई’ गीतमा कोरियोग्राफी गरेकी थिइन्। यसैबीच कोरोना महामारीले फिल्मी क्षेत्रलाई अर्कै मोडतिर डोर्‍याएको छ। कुनै बेला सिनेमा हलमा कयौं महिना कुरेरै फिल्म रिलिज गराउनेहरू अहिले अनलाइनको भर गर्न थालेका छन्।

अझ पहिले थोरै बजेटका फिल्म मात्र अनलाइन रिलिज हुन्थे। अब भने धेरै बजेटका ठूला र चल्तीका कलाकारका फिल्म पनि अनलाइनमै रिलिज हुने भएका छन्। अनलाइन रिलिज हुने यस्तै एक फिल्म हो बलिउड अभिनेता अक्षय कुमारको ‘लक्ष्मी बम।’ यो फिल्म ‘डिज्ने प्लस हटस्टार’बाट सार्वजनिक हुने भएको भारतीय सञ्चारमाध्यम एनडिटिभीले जनाएको छ।

एनडिटिभीका अनुसार ‘लक्ष्मी बम’का साथै आलिया भट्ट, आदित्य कपुर, सञ्जय दत्त र पूजा भट्टको ‘सडक २’ पनि अनलाइनमै सार्वजनिक हुनेछ। ‘लक्ष्मी बम’ र ‘सडक २’ का साथै डिज्ने प्लस हटस्टारमा अजय देवगनको ‘भुज’, अभिषेक बच्चनको ‘द बिग बुल’, कुनाल खेमूको ‘लुटकेस’, विद्युत जम्वालको ‘खुदा हाफिस’ र स्वर्गीय सुशान्तसिंह राजपुतको ‘दिल वेचारा’ फिल्म सार्वजनिक हुने निश्चित भएको छ।

यी फिल्महरू ‘डिज्ने प्लस हटस्टार’बाट सार्वजनिक गर्ने विषयमा सोमबार भर्चुअल सम्मेलन भएको थियो, जसको नेतृत्व अभिनेता बरुण धवनले गरेका थिए। फिल्म हल खुल्ने टुंगो नहुँदा फिल्महरू डिजिटल माध्यमबाट सार्वजनिक हुने ट्रेन्ड बढ्दो छ।

डिज्ने प्लस हटस्टारमा जुलाइ २४ मा सुशान्तसिंह राजपुतको ‘दिल बेचरा’ सार्वजनिक हुनेछ। यो फिल्म भने सुशान्तको सम्झनामा निःशुल्क देखाइने भएको छ। बाँकी फिल्मको निश्चित मिति नतोकिए पनि जुलाईदेखि अक्टोबरबीच सार्वजनिक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि अमिताभ बच्चन र आयुष्मान खुरानाको ‘गुलाबो सिताबो’ पनि डिजिटल माध्यमबाटै रिलिज गरिएको थियो। उक्त फिल्म ‘अमेजन प्राइम’बाट सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया