आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

प्रकाशित
879
SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भट्न शीतल निवास पुगेका छन् । मध्याह्न १२ बजे मन्त्रिपरिषद‍्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो नियमित भएको जनाएको छ । प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यस्तै बिहीबार बिहान खुमलटारमा बसेको नेकपा नेताहरुको बैठक सकिएको छ । सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्य तथा मन्त्रीहरुसँग आफ्नै निवासमा छलफल गरेका हुन् । छलफलका क्रममा पार्टी एकतालाई कसरी बचाएर जाने भन्नेमा छलफल भएको एक स्थायी समिति सदस्यले बताए ।

उनका अनुसार सबै सहभागीहरुले पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत रहेको छ । छलफल भयो । सबैको पार्टी एकता कसरी बचाउने भन्नेमा चिन्ता व्यक्त भयो । यसका लागि थप छलफल गर्न आवश्यक पनि देखियो’, छलफलपछि नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।

नेता हरिबोल गजुरेल पनि छलफल र सहमतिबाट पार्टीको विवादलाई हल गर्नुपर्ने सुझाव दिएको जानकारी दिए । ‘हामी सबै एउटा डुंगामा सवार छौँ । डुंगा डुब्यो भने हामी सबै डुब्छौँ,’ उनले भने, ‘छलफल र सहमतिबाट समस्या समाधान गर्नुपर्छ । पार्टी विभाजन हुन दिनुहुँदैन ।’

छलफलमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाग, विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेललगायत ओली पक्षका नेता सहभागी थिए । त्यस्तै प्रचण्डपक्षका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिवोल गजुरेल र नेपाल समुहका सुरेन्द्र पाण्डे सहभागी थिए ।

पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि दुवै पक्षले छलफललाई तीव्र पारेका हुन् । हिजो बेलुका मात्र ओलीइतर पक्षका स्थायी समिति सदस्यहरुले ललितपुरको झम्सिखेलमा भेला गरेर ओलीको कार्यशैलीविरुद्ध एक जुट भएर अघि बढ्ने सहमति गरेका थिए ।

प्रतिक्रिया