आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामसंग चेल्सी पराजित

प्रकाशित
1.1K
SHARES

एजेन्सी । प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामसँग चेल्सीले हार ब्यहोरेको छ । चेल्सीले वेस्ट ह्यामसंग ३–२ को पराजय ब्यहोरेको हो । ब्राजिली स्टार विलियनमले दुई गोल गरे पनि चेल्सीले हार जोगान सकेन । उनले खेलको ४२ औं मिनेटमा पेनाल्टीमा चेल्सीलाई अग्रता दिलाएका थिए ।

हिलो हाफको ईन्जुरी समयमा टोमस सौसेकले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । माईकेल एन्टोनियोले ५१ औं मिनेटमा गोल गर्दै वेस्ट ह्यामलाई २–१ को अग्रता बनाएको थियो । पुनः विलियनले ब्यक्तिगत दोस्रो गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए । खेल सकिन एक मिनेट अघि एन्ड्री यरमालेन्कोले वेस्ट ह्यामका लागि विजयी गोल गरे ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले काउन्टरमा गोल गर्दै उनले जित दिलाएका थिए । चौथो स्थानमा ५४ अंक जोडेर बसेको चेल्सीलाई म्यान्चेष्टर युनाईटेड र उल्भ्सले ५२ अंक सहित पछ्याईरहेका छन् । वेस्ट ह्याम भने ३० अंक सहित तालिकाको १६ औं स्थानमा छ । उता सिरि ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा ईन्टर मिलानले फराकिलो जित हात पारेको छ ।

गएराति इन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६–० ले गोल अन्तरले पराजित गरेको हो । ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए ।

जितसंगै इन्टर तेस्रो स्थानमा थप मजबुद बनेको छ । क्लब सिरि एको उपाधि होडमा यथावत छ । इन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ । तालिकाको पुछार रहेको ब्रेसिया २५ अंकसहित रेलिगेशनको दबाब खेपिरहेको छ ।

यसैबीच क्यारेबियन टोली वेष्ट इन्डिज क्रिकेटका लिजेन्ड सर एभरटन विक्सको ९५ वर्षको उमेरमा निधन भएको छ । विक्सको बिहीबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विक्सले ४८ टेस्टमा ५८.६१ को औसतमा ४ हजार ४ सय ५५रन बनााएका थिए । उनी ५ टेस्टमा लगातार शतक बनाउने ब्याट्सम्यान समेत हुन् । इन्डिजका ‘थ्री डब्लुएस’ मध्येका एक हुन् । इन्डिजका थ्री डब्लुएसमा विक्ससँगै क्लेडे वालकोट, र सर फ्राङ्क वारेल पर्छन् ।

‘हामीले हाम्रा आइकन गुमाएको खबर सुन्दा मन दुखेको छ । लिजेन्ड, हाम्रो हिरो,’ क्रिकेट वेष्ट इन्डिजले भनेको छ, ‘उनको परिवार, आफन्त र विश्व भरका उनका समर्थकलाई हार्दिक समवेदना ।’

टेस्ट इतिहासमा विक्स २० इनिङ टेस्ट खेल्ने खेलाडीमध्ये १० औं सबैभन्दा बढी एभरेज रन बनाउनेमा पर्छन् । विक्स, वाल्कोट र फ्राङ्क वेष्ट इन्डिजले सन् १९५० मा इङ्ग्ल्यान्ड टेस्ट जित्दा महत्वपूर्ण खेलाडीका रुपमा टीममा थिए ।

अहिलेसम्म सर्भाइभ राख्न सफल पुरानो पुस्ताका टेस्ट क्रिकेटरमध्ये विक्स तेस्रो खेलाडी हुन् । उनीभन्दा पनि सिनियर खेलाडीहरु दक्षिण अफ्रिकाका जोन वाट्किङ्स र इङ्ग्ल्यान्डका डोन स्मिथ ९७ वर्षको उमेरमा दैनिकी चलाइ रहेका छन् । खेलाडी, प्रशिक्षक, क्रिकेट कमेन्टेटर गरि सबै भूमिकामा रहेर उनले विश्व क्रिकेटलाई ठूलो योगदान दिएका थिए ।

बार्बाडोसका विक्सले सन् १९४८ मा टेस्ट डेब्यु गरेका थिए भने १९५८ मा सन्यास लिएका थिए । विक्स यसअघि २०१९ मा हृदयघातका कारण अस्पताल भर्ना भएका थिए । वेष्ट इन्डिज क्रिकेटका अध्यक्षले विक्स इन्डिजका लागि पायोनियर रहेको बताएका छन् ।

प्रतिक्रिया