आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एक्कासी परेको भिषण वर्षापछि आयो ठुलो बाढी, अहिलेसम्म १४ जनाको मृत्यु, ८ बेपत्ता

प्रकाशित
1.7K
SHARES

चीन । काेराेनाकाे कहर सकिन नपाँउदै फेरि बाढीकाे बितण्डा सुरू भएकाे छ ।  दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा केही दिन यता परिरहेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको छ। सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएको जनाइएको छ ।

यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो । जुन महिनाको २६ तारिखबाट मिआङ्निङ् काउन्टीमा भारी वर्षा भइरहेएको छ। हाल करिब पाँच हजार ६६० व्यक्ति सोही काउन्टीको उपजिल्ला यिहाई र गाओयाङमा रहेको अस्थायी शिविरमा बस्दै आएका छन्।

वर्षाको कारण यहाँ प्रत्यक्षरूपमा करिब ७३ करोड ८० लाख युआन बराबरको आर्थिक क्षति भएको जनाइएको छ। सो बाढीग्रस्त क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ।  यता नेपालमा भने जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार अहिले बिहान पनि सातै प्रदेशका केही स्थानमा पानी परिरहेको छ। आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको छ।

प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। यस्तै राति सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार बिहान ६ बजे मौसम बुलेटिन जारी गर्दै महाशाखाले आगामी २४ घण्टे चेतावनी दिँदै वर्षा हुने क्षेत्रमा बाढी/पहिरो, डुबान तथा यातायातमा अवरोधजस्ता विपद् आउने सम्भावना रहेकाले सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको हो ।

यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान, असार १८ गते (विहिवार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १९ गते (शुक्रबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 5, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २० गते (शनिबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ

प्रतिक्रिया