आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपाको स्थायी कमिटी बैठक एकाएक स्थगित, यस्तो छ कारण

प्रकाशित
644
SHARES
:yfoL sld6L a}7ssf7df8f}F, !^ c;f/ M k|wfgdGqL lgjf; afn'jf6f/df dªunaf/ a;]sf] g]kfn sDo'lgi6 kf6L{ -g]skf_ :yfoL sld6Lsf] a}7sdf k|wfgdGqL tyf g]skfsf cWoIf s]kL zdf{ cf]nL, csf{ cWoIf k'iksdn bfxfn …k|r08Ú nufot ;xefuL . t:jL/M rG›snf If]qL÷/f;;

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बसेको एक घण्टामै  एकाएक  स्थगित भएको छ । बैठकमा सहभागी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली संसद बैठकमा सहभागी हुन जाने भन्दै बीचमै उठेर हिँडेका थिए ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्ने भन्दै प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक छाडेर बाहिरिएका थिए । ओली बाहिरिएपछि अन्य केहि नेता पनि बैठकबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री संसद बैठकमा जाँदा बैठक स्थगन नगर्ने केहि सदस्यले बताएपनि महासचिव विष्णु पौडेलले आजको बैठक स्थगित गर्न आग्रह गरेपछि एक घण्टा बसेर बैठक स्थगित भएको स्थायी कमिटी सदस्य गणेश शाहले खबरहबलाई जानकारी दिए ।

हिजोको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र नेकपा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग गरेपछि आज ओलीले बिहान बालुवाटारमा आफू निकटका नेतासँग परामर्श गरेका थिए । परामर्शपछि स्थायी कमिटी बैठकमा सहभागी भएका ओली बैठकबाट बाहिरिएको केहि समयमै स्थायी कमिटी बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि बोलाएका मन्त्रीले कमिकमजोरी सच्याएर अघि बढ्न सुझाएका छन् । प्रधानमन्त्री ओलीले आज आफू निकटका मन्त्री तथा नेताहरुसँग परामर्श गरेका थिए ।

पार्टी भित्र घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग बुधबार बिहान परामर्श गरेका हुन् ।

त्यस क्रममा ओलीलाई उनी पक्षका मन्त्री तथा नेताहरुले अलि फराकिलो भएर सबै पक्षसँग छलफल गरी आन्तरिक समस्या समाधान गर्न सुझाव दिएको बैठकमा सहभागी नेता सुवासचन्द्र नेम्बाङले बताए ।

नेता तथा मन्त्रीहरुले ओलीलाई अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि आवश्यक परेका बेला आफूहरु त्याग गर्न तयार रहेको पनि बताएका छन् ।

मन्त्री योगेश भट्टराईले छलफलमा सहभागी भएका सबै नेताहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गरी पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक भावनाको विकास गर्न ओलीलाई सुझाव दिएको बताए । उनले अवस्था सकारत्मक दिशामा जाने आश रहेको बताएका छन् ।

को को सहभागी थिए परामर्शमा ?

ओलीले छलफलका लागि प्रचण्ड पक्षका मन्त्रीलाई बोलाएका थिएनन् । ओलीसँगको परामर्शमा मन्त्रीहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषालसहित सहभागी थिए । यस्तै नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल, किरण गुरुङ, शंकर पोखरेलसहित सहभागी थिए ।

स्थायी कमिटि बैठकमा नेताहरुले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित उनीहरु पक्षधर नेताहरुले ओलीलाई मंगलबारको स्थायी कमिटि बैठकमा प्रश्न गरेका थिए ।

केही दिनअघि ओलीले आफूलाई हटाउन दिल्ली र नेपालको शक्ति लागेको अभिव्यक्ति सार्वजनिक रुपमा दिएका थिए । मंगलबारको बैठकमा प्रचण्डले राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए ।

प्रतिक्रिया