आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनको समयमा शुल्क नतिर्न अभिभावकहरुलाई क्रान्तिकारीको अपिल, प्याब्सन-एनप्याब्सनबिरुद्ध संघर्ष घोषणा

प्रकाशित
1K
SHARES

काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले लकडाउनको समयमा शुल्क नतिर्न विद्यार्थी र अभिभावकहरुलाई अपिल गरेको छ । अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र शाहले एक बिज्ञप्ति जारी गर्दै बन्दाबन्दीको अवस्थामा प्याब्सन/एनप्याब्सनको शुल्क उठाउने निर्णयको घोर भत्सर्ना र निन्दा गरेका छन् ।

‘गैरजिम्मेवार राज्यले कोरोना महामारीको बेला र आगामी दिनहरूमा शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने विषयमा स्पष्ट खाका प्रस्तुत गर्न सकेको छैन, जसले गर्दा लाखौं विद्यार्थी अन्योलग्रस्त अवस्थामा छन।’ शाहद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘यस्तो अवस्थामा प्याब्सन/एनप्याब्सनको शुल्क उठाउने निर्णयको घोर भत्सर्ना र निन्दा गर्दछौं र शुल्क नतिर्न सम्पुर्ण अभिभावकहरुमा अपिल गर्दछौं।’

क्रान्तिकारीले बन्दाबन्दीको समयको लिइएको शुल्क फिर्ता गर्न र शुल्क नलिन निजि विद्यालयहरु लाई आग्रह गरेको छ । साथै निजी विद्यालयहरुद्वारा अनलाइन कक्षाको नाममा अभिभावक र विद्यार्थीहरुलाई भर्ना शुल्क र अन्य शुल्क तिर्न दिइएको दबाब रोकी हाल शुल्क नउठाउन सचेत गराएको छ ।

‘कमिशनको चलखेलमा निजी विद्यालयहरुले प्रत्येक वर्ष मनपरी ढंगबाट बदल्ने पाठ्य पुस्तकहरु यो वर्ष पुरानै पाठ्य पुस्तक कायम गर्न ध्यानाकर्षण गराउदछौ। सामुदायिक विद्यालय द्वारा अझैसम्म पनि अभिभावक वा विद्यार्थीलाई बोलाएर किताब पनि वितरण गर्न सकेका छैनन। उच्च सतर्कता अपनाएर विद्यार्थीहरुलाई पुस्तकहरु उपलब्ध गराउन अनुरोध गर्दछौं।’ बिज्ञप्तिमा उल्लेख छ ।

शुल्क तिर्न प्याब्सन र एनप्याब्सनले जारी गरेको उर्दीबिरुद्दं क्रान्तिकारीले आन्दोनलको घोषणा गरेको छ । जसअन्तर्गत असार १९ गते ९ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाउने। सरोकारवला निकाय सङ्ग अनलाइन माध्यम बाट २१ गते अन्तरक्रिया गर्ने, भर्ना हुन र शुल्क तिर्न दबाब दिने विद्यालयलाई चेतावनी पत्र पठाउने, अटेर गरे आवश्यक कार्वाही गर्ने क्रान्तिकारीले जनाएको छ । बन्दाबन्दीको समयमा पनि शुल्क लिने प्याब्सन र एनप्याब्सनबिरुद्ध क्रान्तिकारीले देशभर चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

 

प्रतिक्रिया