आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गण्डकी प्रदेशमा थपिए २८ कोरोना संक्रमित

प्रकाशित
1.1K
SHARES

काठमाडौं । गण्डकी प्रदेशका ६ जिल्लामा बुधबार थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २८ जनाको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरूमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का १२ जना, गोरखा र बागलुङका तीन/तीन, कास्की र तनहुँका एक/एक र स्याङ्जाका आठजना छन्।

संक्रमितहरूलाई अस्पतालको आइसोलेसनमा राखिएको निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ। आज थप भएका २८ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ९९४ पुगेको छ।

यस्तै काेरोना भाइरस कोभिड–१९ बाट विश्वमा १ करोड ५ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार  बिहानसम्म ५ लाख १३ हजार १ सय ७२ जनाले कोरोना भाइरसको संक्रमणपछि ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा देखिएका छन् । यो समाचार तयार पार्दासम्म अमेरिकामा २७ लाख २७ हजार ३ सय १६ मा कोरोना संक्रमण भएको पुष्टि भएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय जना नयाँ संक्रमित थपिएका छन् भने ७ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म अमेरिकामा कोरोनाका कारण १ लाख ३० हजार जनाले ज्यान गुमाएका छन् भने ११ लाख ४१ हजार जना निको भएका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने राष्ट्रमा ब्राजिल छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ हजार ९ सय ९७ थपिएसँगै ब्राजिलमा संक्रमितको संख्या १४ लाख पुगेको ।

प्रतिक्रिया