आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसीको बिरोध गर्दा गिरफ्तार परेका पौडेल सम्मानित

प्रकाशित
521
SHARES

काठमाडौँ । एमसीसी सम्झौताको बिरोधमा गत असार ५ गते सुन्धारामा गरिएको प्रदर्शनमा गिरफ्तार परेका नेपाली जन प्रगतिशील मोर्चा साउदी अरवका पुर्व अध्यक्ष बिक्रम पौडेल सम्मानित भएका छन् । उनि हाल जनगणतात्रिक समाजका केन्द्रिय सदस्य समेत् छन् ।

उनालाई मंगलवार एक कार्यक्रमकाबीच जनगणतात्रिक समाजले सम्मान गरेको हो । कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष द्वय सुरेश अधिकारी र उद्दब पौडेललगायतका नेताहरु सहभागी थिए ।

सुन्धाराबाट पौडेल सँगै अन्य ५ जना बिद्यार्थी नेताहरु समेत गिरफ्तार परेका थिए । उनीसंगै गिरफ्तार २ जना रिहा भइसकेका छन् भने ३ जना भने अझै प्रहरी हिरासतमै छन् । देशभर एमसीसीको बिरोध भइरहेको छ एमसीसीको बिरोध गर्ने प्राय सबैलाई प्रहरीले धरपकड गरेर गिरफ्तार गर्ने गरेको छ ।

स्वतन्त्र नागरिकदेखि विभिन्न राजनैतिक दलहरुले उक्त सम्झौताको बिरोध गरिरहेका छन् । भने सत्तारुढ दलका नेता कार्यकर्ताले समर्थन गरिरहेका छन् । ओली सरकार उक्त सम्झौतालाई जसरी पनि कार्वान्यन नगर्ने तिर अगाडी बढेको छ भने अन्य राजनीतिक दल र आम नगरिक सम्झौताको बिपक्षमा छन् ।

प्रतिक्रिया