आज : गते

ताजा शिर्षकहरु

लकडाउनमा निजी शैक्षिक संस्थाले पैसा मागे खबर गर्न क्रान्तिकारीको अपिल, प्याब्सन-एनप्याब्सन बिरुद्ध आन्दोलन घोषणा

प्रकाशित
1.5K
SHARES

काठमाडाैं । अखिल क्रान्तिकारी राप्ति ब्युरोले लकडाउनका समयमा पनि निजी शैक्षिक संस्थाहरुले जबर्जस्ती शुल्क बुझाउन दबाब सिर्जना गरेमा आफ्नो संगठनलाई जानकारी गराउन अपिल गरेको छ । साथै प्याब्सन र एनप्याब्सनले अनलाइन शिक्षाको नाममा अभिभावकसँग रकम असुल गर्न जारी गरेको संयुक्त अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको छ।  क्रान्तिकारीले उक्त निर्णय तत्काल फिर्ता गर्न जोडदार माग समेत गरेकाे छ।

अखिल क्रान्तिकारी राप्ति क्षेत्रीय समन्वय समिति संयोजक दिपक बिस्टले एक बिज्ञप्ति जारी गर्दै शुल्क असुल गर्ने निर्णयविरूद्व पहिलो चरणको सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेका छन् । उनले विद्यार्थी र अभिभावकलाई बन्दाबन्दीको अवस्थाको शुल्क नतिर्न पनि अपिल गरेका छन् ।

जसअन्तर्गत असार १७ गते राप्तीका सबै जिल्लाहरुका सम्बन्धित निकायमा सचेत पत्र बुझाउने, १९ गते अन्तरक्रिया भिडियो कन्फ्रेन्स (बिद्यार्थी, अभिभावक, सरोकारवाला पक्षसँग), २१ गते बिरोध प्रदर्शन र भण्डाफोर, २३ गते शुल्क असुल गर्ने बिद्यालयमा कालो ब्यानर राख्ने र तालाबन्दी गर्ने क्रान्तिकारीले जनाएको छ ।

त्यस्तै अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोले पनि विषम परिस्थितिमा निजि शैक्षिक संस्थाहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनले अनलाइन शिक्षाको नाममा अभिभावकसँग रकम असुल गर्न जारी गरेको संयुक्त अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै उक्त निर्णय तत्काल फिर्ता गर्न जोडदार माग समेत गरिएको छ। विद्यार्थी र अभिभावकलाई बन्दाबन्दीको अवस्थाको शुल्क नतिर्न पनि क्रान्तिकारीले अपिल गरेको छ । ‘यस्तो विषम परिस्थितिमा निजि शैक्षिक संस्थाको छाता संगठन प्याब्सन र एनप्याब्सनले अनलाइन शिक्षाको नाममा बन्दाबन्दी रहेको अवस्थामा अभिभावकसँग रकम असुल गर्न जारी गरेको संयुक्त अपिल प्रति गम्भीर ध्यानाकर्षण भएको छ र हामी यो निर्णय तत्काल फिर्ता गर्न जोडदार माग गर्दछौं । यसका साथै विद्यार्थी र अभिभावकलाई बन्दाबन्दीको अवस्थाको शुल्क नतिर्न अपिल समेत गर्दछौं ।’ ब्युरो संयोजक बिरेन्द्र बिकद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

तयस्तै अखिल क्रान्तिकारीका उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले पनि मंगलबार नै विज्ञप्ति जारी गरेर लकडाउनका कारण जनजीवन सामान्य भइनसकेको अवस्थामा भर्ना लिने र शूल्क असुल्न कार्य तत्काल रोक्न शैक्षिक संस्थाहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया