आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनमा पैसा अशुल्ने प्याब्सन र एनप्याब्सनको निर्णयबिरुद्ध क्रान्तिकारीद्वारा आन्दोलनको घोषणा

प्रकाशित
701
SHARES

काठमाडाैं । अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोले लकडाउनका समयमा पनि निजि शैक्षिक संस्थाहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनले अनलाइन शिक्षाको नाममा अभिभावकसँग रकम असुल गर्न जारी गरेको संयुक्त अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको छ। साथै उक्त निर्णय तत्काल फिर्ता गर्न जोडदार माग समेत गरेकाे छ।

अखिल क्रान्तिकारी लुम्बिनी ब्युरो संयोजक बिरेन्द्र बिकले एक बिज्ञप्ति जारी गर्दै शुल्क असुल गर्ने निर्णयविरूद्व पहिलो चरणको सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेका छन् । उनले विद्यार्थी र अभिभावकलाई बन्दाबन्दीको अवस्थाको शुल्क नतिर्न पनि अपिल गरेका छन् ।

‘यस्तो विषम परिस्थितिमा निजि शैक्षिक संस्थाको छाता संगठन प्याब्सन र एनप्याब्सनले अनलाइन शिक्षाको नाममा बन्दाबन्दी रहेको अवस्थामा अभिभावकसँग रकम असुल गर्न जारी गरेको संयुक्त अपिल प्रति गम्भीर ध्यानाकर्षण भएको छ र हामी यो निर्णय तत्काल फिर्ता गर्न जोडदार माग गर्दछौं । यसका साथै विद्यार्थी र अभिभावकलाई बन्दाबन्दीको अवस्थाको शुल्क नतिर्न अपिल समेत गर्दछौं ।’ बिज्ञप्तिमा भनिएको छ ।

क्रान्तिकारीको लुम्बिनी क्षेत्रीय समन्वय समिति अन्तर्गतका रुपन्देही, पाल्पा, नवलपरासी, नवलपुर, गुल्मी, कपिलवस्तु र अर्घाखाँचीमा सरोकारवाला निकायलाई पटक–पटक बन्दाबन्दी अवस्थामा अनलाइन शिक्षाको नाममा शुल्क लिने पाठ्यपुस्तक परिवर्तन गर्ने, विभिन्न वहानामा अभिभावकसँग महङ्गो शुल्क लिने लगायतको कार्य तत्काल बन्द गर्न मौखिक ध्यानाकर्षण र ज्ञापनपत्र बुझाउँदा समेत अटेर गरि शुल्क असुलिएकोप्रति संगठनको गम्भीर ध्यान आकार्षण भएको बिज्ञप्तिमा उल्लेख छ ।

क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिले बन्दाबन्दीको अवस्थाको शुल्क जबर्जस्ती बुझाउन दबाब सिर्जना गरेमा आफ्नो संगठनलाई जानकारी गर्न समेत अपिल गरेको छ । साथै शुल्क असुल गर्ने निर्णयविरूद्व पहिलो चरणको सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।

जसअन्तर्गत असार १७ गते ध्यानाकर्षण–पत्र बुझाउने (सरोकारवाला पक्षमा), १९ गते अन्तरक्रिया गर्ने (सरोकारवाला पक्षसँग), २१ गते शुल्क असुलीको विरुद्ध अभिभावक सहित बिरोध प्रदर्शन गर्ने, २३ गते शुल्क असुल गर्ने बिद्यालयमा कालो ब्यानर राख्ने, २५ गते शुल्क असुल गर्ने बिद्यालयको लेखा र प्रशासनमा तालाबन्दी गर्ने रत्यससपछि पनि शुल्क फिर्ता नगरिएमा थप प्रतिरोधात्मक सङ्घर्ष गर्ने क्रान्तिकारीले जनाएको छ ।

प्रतिक्रिया