आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच गोप्य भेटवार्ता, के भयो कुराकानी

प्रकाशित
469
SHARES

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान भेटवार्ता भएको छ। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली बिहान शितल निवास पुगेका थिए।

‘साढे १० बजेदेखि उहाँहरूबीच छलफल भइरहेको छ। समसामयिक विषय कुरा गर्न भएको नियमित भेटघाट हो,’ उनले भने। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक सुरू हुनु आधा घन्टाअघि प्रधानमन्त्रीओली राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्।

पछिल्लो समय प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी भएपछि भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको नेकपाभित्र विरोध भएको छ। नेताहरूले प्रधानमन्त्रीको भनाइबारे स्थायी समितिमा छलफल हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओली भने बालुवाटारमै भइरहेको पार्टी बैठक छलिरहेका छन्। असार १० गते सुरू भएको बैठकमा आफ्ना भनाइ राखेका उनी अर्को बैठकमा सहभागी नै भएनन् भने १३ गते भएको बैठकमा केहीबेर बसेर निस्किए।

तर भण्डारीसँगको भेटवार्तापछि मंगलबारेअको नेकपा स्थायी कमिटि बैठकमा भने ओली सहभागी भएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को काठमाडौमा जारी स्थायी समिति बैठक मंगलबार पनि सुरु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको बैठकमा बोल्न बाँकी रहेका चार जना शीर्ष नेताले आज बोल्ने जनाइएको छ । आज नेकपाका बरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले स्थायी समितिमा आ–आफ्नो धारणा राख्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसैगरी नेताहरु विष्णु पौडेल र रामबहादुर थापाले पनि आजको बैठकमा आ–आफ्नो धारणा राख्ने प्रवक्ता श्रेष्ठले बताए ।

आजको बैठकमा केही दिन अघि प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी गरेपछि भारत र नेपालका पनि केही नेताहरु आफलाई प्रधानमन्त्री पदबाट हटाउन लागि परेको जनाएका थिए । सो विषयमा आज बोल्ने शीर्ष नेताहरुले बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसंग थप प्रश्न राख्न सक्ने स्रोतले जनाएको छ ।

नेकपाको स्थायी समिति बैठकमा भातरसंगको सीमा समस्या र समाधानमाथि छलफल चलि रहेको छ । यही १० असारबाट सुरु भएको स्थायी समिति बैठक असार १२ र १३ गते पनि बसेको थियो ।

बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहालसहित ३९ जनाले आ–आफ्नो धारणा राखि सकेका छन् । नेकपाको स्थायी समितिमा कुल ४५ जना सदस्य छन् ।

यसअघि शुक्रबार बसेको सत्तारुढ दल नेकपाको शीर्ष नेतृत्व नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी चेलीको हकमा वैवाहिक नाता कायम भएको सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिन सकिने निष्कर्षमा निकालेकाे छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार साँझ पार्टी नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यस्तो निष्कर्षमा पुगेका हुन् ।

छलफलमा उपनेता नेम्वाङसहित महासचिव विष्णु पौडेल, प्रमुख सचेतक देव गुरुङ, नेता भीम रावल, नेतृ पम्फा भुसाल, राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठसहित करिब डेढ दर्जन सांसद सहभागी थिए । छलफलपछि शनिबार बस्ने केन्द्रीय सचिवालय बैठकबाट नागरिकता ऐन, २०६३ संशोधनसम्बन्धी विधेयकको वैवाहिक अंगीकृत नागरिकताका विषयमा निर्णय गरिने ओली र प्रचण्डले जानकारी गराएका छन् ।

‘नागरिकतासम्बन्धी विधेयकमा छलफलमा संलग्न सांसदहरूलाई बोलाएर प्रधानमन्त्री र पार्टी अध्यक्षले छलफल गर्नुभएको हो, त्यसक्रममा उहाँहरूले संसद्को राज्य व्यवस्था समितिको छलफलमा उठेका विषयबारे जानकारी लिनुभयो,’ बैठकपछि दलका उपनेता नेम्वाङले नयाँ पत्रिकासँग भने, ‘यस पृष्ठभूमिमा सम्भवतः दुई अध्यक्षले पार्टी सचिवालयसमेत राखेर शनिबार निर्णय गर्नुहुनेछ ।’

चालू संसद्को अधिवेशनबाट नागरिकता विधेयक टुंग्याउने नेकपाको योजना छ । तर, यसमा दलहरूबीच सहमति बनेको छैन । विधेयक २२ साउन ०७५ मा संसद्मा दर्ता भएको थियो । तर, यसका विभिन्न पक्षमा भएको विवादले यसलाई निष्कर्षमा पु¥याउन कठिन हुँदै आएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई बोलाएर नागरिकता ऐन संशोधनसम्बन्धी विधेयकमा सहमति जुटाउने गरी छलफल गरेका थिए । तर, कांग्रेस नेताहरूले विवाह गरेर आउने विदेशी बुहारीलाई सम्बन्धित देशको नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेको कागजातसहित प्रक्रिया अघि बढाए वैवाहिक नागरिकता दिन सकिने अहिलेकै कानुनको लचिलो व्यवस्थालाई निरन्तरता दिनुपर्ने पार्टीको संस्थागत धारणामा अडान कायम रहेको जानकारी गराएको थियो ।

कांग्रेसले अडान नछाडेको भन्दै बालुवाटारमा नेकपाका सांसदहरूले राज्य व्यवस्था समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी चेलीलाई वैवाहिक अंगीकृत नागरिकता दिन सातवर्षे सीमा तोक्ने मस्यौदाकै पक्षमा पार्टी उभिनुपर्ने सुझाब दिएका थिए ।

‘कांग्रेसका साथीहरूले नेपालमा विवाह गरेर आउने विदेशी चेलीको हकमा आउनेबित्तिकै नागरिकता दिनुपर्छ, हाम्रो अहिलेसम्म स्थापित अभ्यास त्यही हो । संविधान, कानुनको व्यवस्था त्यही हो, त्यसैले त्यसैलाई निरन्तरता दिऊँ, अन्यथा गर्नुहुँदैन भन्ने पार्टीको संस्थागत धारणा सुनाइसक्नुभएको अवस्थामा भारतमा जस्तै सातवर्षे सीमा तोक्ने व्यवस्था ठीक हो, पार्टी सचिवालयले पनि त्यही निर्णय गरोस् भन्ने सुझाब दिएका छौँ,’ छलफलमा सहभागी एक सांसदले भने ।

राज्य व्यवस्था समितिको छलफलमा भारतमा विवाह गरेर जाने नेपाली चेलीले नागरिकता लिन सात वर्ष कुर्नुपर्ने, तर नेपालमा भने त्यहीलगायत मुलुकबाट आउने चेलीलाई भने तत्काल नागरिकता दिन नसकिने अडान नेकपाका सांसदहरूले राख्दै आएका थिए ।

छलफलमा सहभागी नेकपाकी नेतृ पम्फा भुसालले राज्य व्यवस्था समितिमै भएका छलफलका विषयहरू सुझाब दिइएको जानकारी दिँदै शनिबार बस्ने सचिवालय बैठकले निर्णय गरेपछि पार्टीको आधिकारिक धारणा बाहिर आउने बताइन् ।

नेकपाको सचिवालयले पनि सांसदहरूकै सुझाबअनुसार निर्णय गरेको अवस्थामा वैवाहिक अंगीकृत नागरिकताको विषय राज्य व्यवस्था समितिमा मतदानबाट टुंगो लाग्ने सम्भावना छ । राज्य व्यवस्थासहित संसद्का सबै समितिमा बहुमत रहेकाले मतदानबाट आफूअनुकूल टुंगो लगाउन नेकपालाई सहज हुनेछ ।

प्रतिक्रिया