आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतले चीनमाथि लगायाे यस्ताे प्रतिबन्ध, फेरी तनाव बढ्याे

प्रकाशित
610
SHARES

काठमाडौं । ल’द्दा’ख भि’ड’न्त’मा २० भारतीय सैनिक मा’रि’ए’पछि चीनसँग रूष्ट बनेको भारतले टिकटक, पब्जीसहितका ५९ वटा चिनियाँ एप्सलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित एप्सहरूमा चिनियाँ सामाजिक सञ्जालसँग सम्बन्धित वी मिट, वेब च्याट लगायत पनि छन् ।

चिनियाँ एप्सले देशको सम्प्रभुता र अखण्डतामा खतरा पुर्‍याएको भन्दै प्रयोगमा रोक लगाइएको भारतको आइटी मन्त्रालयले जनाएको छ । भारतमा बाईकट चाईना अभियान जारी रहेको छ । भारतको उक्त निर्णयसँगै २२ करोड भारतीय टिकटक प्रयोगकर्ता र पब्जीका ५ करोड सक्रिय प्रयोगकर्ता घटेका छन् ।

यस्तै पूर्वी ल’द्दा’खमा चीनबाट हुनसक्ने कुनै पनि आ’क्रा’मक क’मलाई दु’रु’त्साहित गर्ने सैन्य योजनाअन्तर्गत भारतले संवदेनशील क्षेत्रमा एयर डि’फे’न्स ह’ति’यार प्रणालीसहित सैन्य संख्या बढाएको द हिन्दूस्तान टाइम्सले जनाएको छ ।

पूर्ण तयार हुनुपर्ने यो अवस्थामा हामी कुनै पनि घटनाका लागि तयार छौं भनेर समन्वयकारी भूमिका निभाइरहेका सबै निकायबाट आवश्यक मापदण्ड अपनाइएको छ,’ नाम उल्लेख नगरिएका एक व्यक्तिले भनेका छन् ।

भारतको सैनिक आर्सनलमा स्थानीय आकाश, इजरायली स्पाई डेर, सेभियतकालिन पेचोरा र ओएस–एके प्रणालीजस्ता एयर डिफेन्स हतियार समावेश छन् । एयर डिफेन्स प्रणालीले फाइटर जेट, हेलिकप्टर र एरियल गाडीहरुको निशाना रोक्नसक्छ ।

चिनियाँ पक्षले सैनिक बढाएसँगै प्रतिक्रिया स्वरुप हामीले पनि आफ्नो सेना र हतियार बढाएका छौं । हामी सीमा क्षेत्रमा कडा रुपमा चनाखो भइरहेका छौं र पिएलएले चाल्ने कुनै पनि खतरनाक कदमको प्रतिक्रिया दिन पूर्ण तयार छौं,’ अर्का एक अधिकारीले भनेका छन् ।

वरिष्ठ भारतीय र चिनियाँ अधिकारीबीच २२ जुनमा सीमा क्षेत्रमा हिंसा निम्त्याउनेगरी कुनै कदम नचाल्ने सहमति भएको थियो । यद्यपी, चीन रोकिएको छैन, बरु गलवान क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाएको छ । १५ जुनमा भारतीय र चिनियाँ फौजबीच भि’ड’न्त भएको स्थाननजिकै तथा अन्य ठाउँमा सैनिक संख्या, सैन्य गाडी, अन्य उपकरण र भौतिक पूर्वाधार निर्माण बढाइरहेको छ ।

प्रतिक्रिया