आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पत्नीसहित पूर्वप्रधानमन्त्रीलाई ५ वर्षको जेल सजाय तोकियो, यस्ताे छ कसुर

प्रकाशित
1.4K
SHARES

पेरिस  । फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रास्वाँ फियों र उनकी पत्नी पेनेलोपलाई राज्यकोष दुरुपयोगको मुद्दामा जेल सजाय सुनाइएको छ । पेरिसको फौजदारी अदालतले सोमबार पेनेलोपको नक्कली रोजगारीको मुद्दामा सार्वजनिक कोष हिनामिना गरेको भन्दै ५ वर्षको जेल सजायको फैसला गरेको हो ।

उनकी पत्नी पेनेलोपलाई भने ३ वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार दुवैलाई ३ लाख ७५ हजार युरो जरिवाना तिराउन आदेश दिइएको छ ।फियोंले आफ्नी पत्नीलाई सहयोगी राखेर ८ लाख ३१ हजार ४ सय युरो आफ्नी पत्नीलाई दिएको तर कुनै काम भने नलगाएको आरोप लगाइएको थियो ।

फियों दम्पतीसँगै सहयोगी मार्क जुलोलाई पनि १० लाख युरो राष्ट्रिय सभालाई फिर्ता दिन आदेश दिइएको छ । उनले पनि फियोंको पक्षमा राज्य कोषको दुरुपयोग गरेको आरोप लागेको हो ।

पेरिस अदालतमा सोमबार फैसला सुनाउने क्रममा प्रमुख न्यायाधीशले भनेका छन् ‘भुक्तानी गरेको रकम उपयुक्त किसिमले सदुपयोग भएको देखिएन । श्रीमती पेनेलोप फियोंलाई कुनै काम नभएको पद सिर्जना गरेर नियुक्त गरिएको देखियो ।’

फियों फ्रान्समा सन् १९५८ यता ठूलो सजाय पाउने वरिष्ठ फ्रान्सेली राजनीतिज्ञ हुन् । यस घोटालाले सन् २०१७ को राष्ट्रपतीय निर्वाचनको अभियानलाई अचानक अन्त्य गरिदिएको थियो । यो मुद्दा लागेपछि उनलाई राष्ट्रपतीय उम्मेदवार अयोग्य घोषित गरी अनुसन्धान गर्नुपर्ने माग पनि उठेको थियो ।

अदालतको फैसलाप्रति फियों दम्पतीले आफूहरुमाथि वर्तमान राज्यशक्तिले गलत नियत राखेको आरोप लगाएका छन् । उनीहरुले घोषणाविरुद्ध अपिल गर्ने जनाएका छन् ।

उता इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानले अमेरिकी राष्ट्रपति ट्रम्प र दर्जनौँ अमेरिकी अधिकारीविरुद्ध जर्नेल कासिम सुलेमानीको ह’त्यामा संलग्न भएको भन्दै पक्राउ पुर्जी जारी गरेको हो । साथै इरानले अमेरिकी राष्ट्रपति ट्रम्पलगायतको पक्राउमा सहयोग गर्न इन्टरपोलसँग आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तेहरानका अभियोक्ता अली अलाकसिमेरका अनुसार सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पसहित अन्य ३० जनाविरुद्ध गत जनवरी ३ मा भएको आक्रमणमा जर्नेल कासिम सुलेमानीको हत्याका साथै हत्या र आतंकवादी गतिविधि गरेको अभियोग लगाइएको छ । अलीले ट्रम्पबाहेक कस–कसलाई आरोप लगाइएको हो भन्नेबारेमा केही खुलाएका छैनन् । उनले ट्रम्पको राष्ट्रपतीय कार्यकाल सकिएपछि पनि कानुनी कारबाहीका लागि इरान लड्ने बताए ।

इरानका लागि अमेरिकी दूत ब्रायन हूकले भने इरानी कदमलाई ‘प्रचारबाजी फन्डा’ को संज्ञा दिएका छन् । ‘इन्टरपोलले राजनीतिक प्रकृतिका विषयमा हस्तक्षेप गर्दैन र रेड नोटिस जारी गर्दैन भन्ने हाम्रो ठम्याइ छ,’ अमेरिकी दूत हूकले साउदी अरबमा भएको पत्रकार सम्मेलनमा भने । ‘यो विषय राजनीतिक प्रकृतिको रहेको छ । राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको प्रवर्द्धनमा यसको कुनै सम्बन्ध छैन । यो केबल प्रचारबाजी र फन्डा मात्रै हो । यसलाई कसैले पनि गम्भीरताका साथ लिँदैनन्,’ हूकले भने ।

तेहरानका अभियोक्ता अलीले भने अमेरिकी राष्ट्रपति ट्रम्प र अन्यविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलसँग आग्रह गरेको दाबी गरेका छन् । फ्रान्सको लियोनमा रहेको इन्टरपोलले भने इरानको आग्रहलाई विचार नगर्ने बताएको बीबीसीले उल्लेख गरेको छ । इन्टरपोलले आफूलाई राजनीतिक, सैन्य, धार्मिक र नश्लीय प्रकृतिको चरित्रका गतिविधिमाथि कारबाही गर्ने अधिकार नभएको बताउँदै इरानको आग्रहमाथि केही नगर्ने बताएको छ ।

राजनीतिक विश्लेषकहरुले इरानले पक्राउ पुर्जी जारी गर्नु एउटा सांकेतिक प्रतिक्रियाभन्दा केही बढी मात्रै भएको बताएका छन् । तर यसले अमेरिकी राष्ट्रपति ट्रम्पप्रति इरानको वैरभाव निकै बढेको देखिने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया