आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाबिहानै गणडकी प्रदेशमा आजै थपिए १७ कोरोना संक्रमित

प्रकाशित
681
SHARES

काठमाडौं । एकाबिहानै गण्डकी प्रदेशमा कोरोना संक्रमित थपिएको समाचार आएको छ । मंगलवार बिहान गण्डकी प्रदेशमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकीका ४ जिल्लामा थप १७ जनाका भाइरस पुष्टि भएको हो ।

थपिएका संक्रमितहरुमा स्याङजाका १, तनहुँका ५, लमजुङका ३ र कास्कीका ८ जना छन् । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारि दिए । स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएका १७ जनासहित कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ सय १४ पुगेको छ ।

यस्तै पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कूल संक्रमितको संख्या १३ हजार २ सय ६५ पुगेको छ । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या पनि बढेको छ । पछिल्लो अपडेट अनुसार थप १ सय २१ जना कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी मुलुकभर १२१ जना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोनाबा निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ । २४ घन्टामा डिस्चार्ज हुनेहरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १ , पर्साका २३ , अल्पमाई नर्सिङ इन्स्टिच्युटबाट १३ , कोभिड अस्पताल जनकपुरबाट धनुषाका ३ , महेन्द्र गेनाइ सिरहाबाट १४ , पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कास्कीका २, म्याग्दी अस्पतालबाट ३ , पर्वत अस्पतालबाट ८ , स्याङजा अस्पतालबाट ३३ , तनहुँ अस्पालबाट ५ , नुवाकोट अस्पतालबाट ८ , सुशील कोइरला प्रखर क्यान्सर अस्पतालबाट २ , आदर्शनगर आइसोलेसन सेन्टर बाँकेबाट ३ र आइसोलेसन सेन्टर खुजरा बाँकेबाट ३ जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ नमुना परीक्षण भएका छन् । २४ घण्टामा १ हजार ८२२ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख २३ हजार ६३० परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ७ हजार ७९१ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५७ हजार ३६८ जना रहेका छन् ।त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १० हजार ८५ जना रहेको छ ।

प्रतिक्रिया