आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाले विश्वभर २४ घण्टामा ३४ सयको ज्यान लियो, १ लाख ६० हजार संक्रमित

प्रकाशित
1K
SHARES

काठमाडौं । विश्वभर महामारीको रुप लिएर फैलिरहेको कोरोनाले आज एकै दिन १ लाख ६० हजारभन्दा बढी मानिसमा संक्रमण गरेको छ । मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ६० हजार ३ सय ६३ नाघेको छ । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ३८९ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ हजार ४ सय २ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कुल मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ५ सय १५ पुगेको छ ।विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५६ लाख ४७ हजार ३ सय २९ पुगेको छ भने ४२ लाख ४७ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९१ हजार २६ जनाको मृत्यु भएको छ । २४ लाख २९ हजार २३४ जना संक्रमित भएकोमा १३ लाख ५६ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६७ हजार ९४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३१ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये १३ लाख ४९ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५५ हजार ७३० जनाको मृत्यु भएको छ । २२ लाख ५६ हजार ३८४ जना संक्रमित भएकोमा १४ लाख ७६ हजार १९६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ८३ हजार ६१० जनाको मृत्यु भएको छ । २१ लाख ८६ हजार २९५ जना संक्रमित भएकोमा १२ लाख ६७ हजार ६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ९१४ जनाको ज्यान गएको छ भने ३ लाख ९६ हजार ३१४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८९ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ४०७ जना संक्रमित भएकोमा ८ हजार ५९९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया