आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बुरीगंगा नदीमा डुङ्गा दुर्घटना, ३० जनाको मृत्यु

प्रकाशित
671
SHARES

एजेन्सी । बंगलादेशको बुरीगंगा नदीमा डुङ्गा दुर्घटनामा हुँदा ३० जनाको मृत्यु भएको छ। सोमबार बिहान पौने ९ बजे ५० जना भन्दा बढी यात्रु बोकेर डुङ्गा मुन्सिगन्जबाट ढाकाका लागि गएको थियो। उक्त डुङ्गा फरसगन्ज क्षेत्रमा मयुर-२ नामको अर्को डुङ्गासँग ठोक्किएको ढाका टाइम्सले जनाएको छ।

कोष्ट गार्ड मुख्यालयका मिडिया अफिसर लेफ्टिनेन्ट कमान्डर हयात इब्न सिद्दिकीले दुर्घटनामा परी मृत्यु भएका ३० जनाको शव फेला परेको पुष्टि गरेका छन्। फेरी दुर्घटना भएपछि केही यात्रुहरू पौडिएर किनारमा थिए। दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी हुँदैछ।

यसैबीच बिगत १५ महिनादेखि ग्राउन्डेड रहेको म्याक्स बोइङ बिमान ७३७ पुन संचालनमा आउने भएको छ । गम्भीर प्राविधिक समस्याका कारण लगातार दुर्घटना भएपछि विश्वव्यापी रुपमा ग्राउण्डेड भएको बोइङ्गको विमान ७३७ म्याक्सले यात्रुहरुलाई पुनः सेवा दिने भएको हो ।

जसका लागि बोइङ्ग ७३७ म्याक्सको सुरक्षा सम्बन्धी परीक्षण धमाधम शुरु भएको छ । नियामक निकायका पाइलट तथा प्राविधिक विज्ञ र कम्पनीले तीन दिने परीक्षण गरेपछी यसको सेवा सुरु हुने बताइएको छ । गत वर्ष लगातार दुईवटा दुर्घटनामा ३ सय ४६ जनाको ज्यान गएपछि विमान ग्राउण्डेड भएको थियो ।

बोइङका लागि तीन दिने सुरक्षा परीक्षण महत्वपूर्ण रहेको छ । तर यो परीक्षणमा राम्रो नतिजा आए पनि थप परीक्षणका लागि केही महिना लाग्ने छ । लायन एयर र इथियोपियन एयरलाइन्सको विमान दुर्घटनापछि १५ महिनाअघि ७३७ म्याक्स ग्राउण्डेड हुँदा बोइङले ठूलो नोक्सानी ब्यहोर्दै आएको छ ।

यस्तै उता कोरोनाभाइरस संक्रमणको नयाँ श्रृखंलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसंख्या रहेको क्षेत्र आङसिन काउन्टीमा पुन लकडाउन लागू गरिएको छ । लकडाउन लागू भएसंगै अव उक्त क्षेत्रमा परिवारका एक सदस्यलाई मात्र दिनमा एक पटक खाद्यान्न तथा औषधिजन्य र अतिआवश्यक वस्तु किन्न बाहिर निस्कने अनुमति दिईएको छ ।

चीनले पहिलो चरणमा कोभिड–१९ संक्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै सक्रमण फैलिएको आशंकामा बेइजिङ् नजिकैको सिनफादी क्षेत्रका बस्तीहरूलाई बन्द गरी सक्रमण परीक्षण गरेको थियो ।

चीनको राजधानी बेइजिङ र छिमेकी हुबेई प्रान्तमा पछिल्लो समय पुन संक्रमण देखिन थालेपछि सरकारले स्थानीय वस्तीहरूलाई अन्य क्षेत्रसँगको सम्पर्कवाट पनि बन्द गरेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार बेइजिङबाट करिब १ सय ५० किलोमिटर टाढा अवस्थित आङसिन काउन्टीमा सयौँको संख्यामा संक्रमित भेटिएपछि त्यस क्षेत्रलाई पूर्ण बन्द गरी संक्रमण फैलिन नदिने प्रयास गरेको छ ।

बेइजिङमा विगत २४ घण्टामा थप १४ व्यक्तिमा कोरोना सक्रमण पुष्टि भएपछि उक्त कदम चालिएको हो । राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो । एजेन्सी

प्रतिक्रिया