आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नायिका साम्राज्ञी शाहलाई अभिनेता भुवन केसीले फर्काए कडा जवाफ, यस्ताेसम्म भनेपछि सामाजिक सञ्जालमा खैलाबैला

प्रकाशित
1.8K
SHARES

काठमाडौं । निर्माता तथा अभिनेता भुवन केसीले सामाजिक सञ्जाल फेसबूकमार्फत नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । साम्राज्ञीले ३ दिनअघि इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ३ वटा फिल्ममा काम गर्दा नमिठो अनुभव भोगेको र आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन् ।

साम्राज्ञीेले पटकपटक फिल्ममा अभिनय गर्ने क्रममा मेकरले नराम्रो व्यवहार गरेको प्रतिक्रिया दिएकी थिइन् । चलचित्र ‘ड्रिम्स’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी साम्राज्ञीले आफूले यो फिल्ममा काम गर्दा नमीठो व्यवहार भोगेको समेत खुलासा गरेकी थिइन् । यसैबीच अभिनेता भुवन केसीले सामाजिक सञ्जालमार्फत ‘जुन थालमा खायो, उही थालमा दुलो पार्ने’ भन्दै टिप्पणी गरेका छन् ।

‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन्?, जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने?,’ साम्राज्ञीलाई लक्षित गरी लेखिएको स्टाटसमा भुवनले भनेका छन्, ‘सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि ।’

भुवनले साम्राज्ञीलाई अभिनय गर्न नै नजानेको भन्दै प्रतिक्रिया समेत दिएका छन् । साम्राज्ञीले अरु मेकरलाई पनि आरोप लगाएकी छिन् । तर, अरु कसैले यसबारेमा अभिव्यक्ति दिएका छैनन् ।

साम्राज्ञीले ड्रिम्स, ए मेरो हजुर २, तिमीसँग, इन्टु मिन्टु लण्डनमा, कायरा, मारुनी, रातो टीका निधारमा लगायतका फिल्ममा अभिनय गरेकी छिन् । केही समययता उनले अभिनय गरेका फिल्मले खासै व्यवसायिक सफलता हात पारेका छैनन् । केही समयअघि साम्राज्ञीले एक भिडियोमार्फत अब वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने बताएकी थिइन् । याे विषयले सामाजिक सञ्जालमा खैलाबैला मच्चाएकाे छ ।

खास भनेकी थिइन उनले ?

सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियोमार्फत साम्राज्ञीले भनेकी छिन–‘मैले १७ वर्षको उमेरमा नै चलचित्र क्षेत्रमा डेब्यु गरेँ । त्यतिबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई भन्नुहुन्थ्यो । हरेक चलचित्रको प्रमोसनमा पुग्दा मलाई किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोधिन्थ्यो । यसले मलाई दिक्क बनाउथ्यो ।’ साम्राज्ञीले सो समयमा नै आफ्ना धेरै ट्रोलहरू बनेको पनि बताएकी छन् ।

साम्राज्ञीले काम गरेका प्राय ब्यानरमा उनी दोहोरिएकी छैनन् । यस विषयमा उनी भन्छिन्–‘म नदोहोरिनुको कारण उहाँहरूले मलाई गर्ने व्यवहार नै हो । एउटा कलाकारले पाउनुपर्ने सम्मान पनि पाइँदैन यहाँ । कैयौं पटक ह्यारेसमेन्ट भएको छ । तर यी सबै कुरालाई सामान्य जस्तो सोचेर अनुहारमा खुसी देखाएर काम गर्नुपर्थ्यो ।’

साम्राज्ञीले समयमै खाना, पानी उपलब्ध नहुँदा यो विषयमा बोल्दा समेत अपशब्द प्रयोग भएको बताएकी छन् । उनले आफूलाई यस्तो विषयमा बोल्दा निकै नै नराम्रो व्यवहार भएको भन्दै धेरै बेर रोएर फेरि केही नभएजस्तो गरेर काममा फर्किएको अनुभव पनि सुनाएकी छन्।

साम्राज्ञीले आफूलाई कामको सम्मान रहेको पनि बताएकी छन् । साम्राज्ञीले चलचित्र क्षेत्रमा भोगेका भोगाइको विषयमा आफूलाई केही निर्देशकले बोल्न हुँदैन भनेर भनेको पनि बताइन् ।

साम्राज्ञीले एक जना निर्देशकको रुष्ट व्यवहारको विषयमा आफूले सुनेको तर त्यस्तो हुनुहुन्न होला भनेर काम गरेको बताउँदै भनिन्–‘तर मैले काम गरेपछि सबै सोचाइहरू टुटेर गए । मेकरहरू यस्तो विषयमा बोल्न हुन्न भन्नुहुन्छ । तर यस्तो विषय बाहिर नआओस् भनेर सोच्ने मेकरले कलाकारलाई सम्मान गर्न पनि सिक्नुपर्छ ।’

उनले आफूले यो विषयमा बोल्दा आफूलाई माया वा घृणा जे पनि आउन सक्ने बताएकी छिन् । तर आफूलाई नराम्रो प्रतिक्रियाको बानी परिसकेको समेत साम्राज्ञीले सुनाइन् । बोल्ने क्रममा धेरै पटक भावुक देखिएकी यी नायिकाले केही समय अगाडि फ्यानहरूसँग कुरा गर्दै आफूले अब पहिलेको जसरी धेरै चलचित्रमा काम नगर्ने पनि बताएकी थिइन् ।

यसको पछाडि धेरै कारण रहेको उनको तर्क छ । उनले सामाजिक संजाल लाइभमा भनेकी छिन–‘मैले अहिले नयाँ चलचित्र साइन गरेकी छैन । अब, म पहिलेको जस्तो बर्षमै २ वटासम्म चलचित्रमा काम गर्दिनँ । यसको पछाडि धेरै कारण छन । म पनि यसै भन्न सक्दिनँ ।’

उनको यो तर्कले पनि के भन्न सकिन्छ भने, दर्शकले अब सामाज्ञीको चलचित्र बर्षमै एक वा दुइवटासम्म हेर्न पाउने छैनन । उनले आफूलाई मन परेको कथा आएको खण्डमा मात्र काम गर्ने बताएकी छिन ।

प्रतिक्रिया