आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमणबाट काठमाडौँ उपत्यकामा थप १ जनाको मृत्यु

प्रकाशित
441
SHARES

काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौँ उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको हाे । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो।

कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए ।अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको बताएका छन् ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ६३ हजार ८४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड २ लाख ३८ हजार १९९ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४५४ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५५ लाख ४९ हजार ७२९ पुगेको छ भने ४१ लाख ८४ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ७२५ जनाको मृत्यु भएको छ । २४ लाख १३ हजार ५१९ जना संक्रमित भएकोमा १३ लाख ५० हजार २९६ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६६ हजार ३८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख ७१ हजार १९४ पुगेको छ । त्यसमध्ये १३ लाख ३० हजार ३३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५४ हजार ७८६ जनाको मृत्यु भएको छ । २२ लाख ११ हजार ४३३ जना संक्रमित भएकोमा १४ लाख ४० हजार ५६५ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ८२ हजार ३४० जनाको मृत्यु भएको छ । २१ लाख ४६ हजार ६६८ जना संक्रमित भएकोमा १२ लाख ३२ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ९६९८ जनाको ज्यान गएको छ भने ३ लाख ८५ हजार १६९ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८५ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ३२४ जना संक्रमित भएकोमा ८ हजार ५७० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया