आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाले चीनमाथि लागायो फेरी यस्तो कडा प्रतिबन्ध

प्रकाशित
720
SHARES

एजेन्सी । अमेरिकाले चीनमाथि फेरी कडा प्रतिबन्ध लगाएको छ। अमेरिकाले चिनियाँ अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरुलाई अमेरिका प्रवेश गर्न रोक लगाएको बीबीसीले जनाएको छ ।

हङकङको स्वतन्त्रतालाई संकुचित पार्ने योजनामा ती अधिकारीहरु संलग्न भएको भन्दै उनीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको जनाइएको छ ।

चीनले भने अमेरिकाको यो निर्णयलाई ‘त्रूटिपूर्ण’ भएको भन्दै फिर्ता लिनुपर्ने प्रतिक्रिया दिएको छ । हङकङको स्वायत्तताविरुद्ध ल्याउन लागिएको सुरक्षा कानूनलाई दण्डित गर्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रण गरेका थिए । यसैअनुरुप यस्तो प्रतिबन्ध लगाइएको जनाइएको छ ।

हालै चीनले हङकङमा चीनको अधिकारविरुद्ध हुने गतिविधिहरु अपराध ठहरिने साथै बेइजिङले आफ्ना सुरक्षा निकायहरु स्थापना गर्न सक्ने कानूनको प्रस्ताव गरेको थियो ।

यो प्रस्तावित कानूनसँगै हङकङमा लामो समयदेखि चीनविरोधी प्रदर्शन भइरहेको छ । अमेरिकाले चिनियाँ अधिकारीहरुलाई प्रवेश नदिने घोषणा गरे पनि क–कसलाई प्रतिबन्ध लगाइएको हो भन्ने खुलाइएको छैन ।

वाशिङटनस्थित चिनियाँ दूतावासले अमेरिकाको यो अन्यायपूर्ण निर्णयको विरोध गर्ने जनाएको छ । दूतावासले अमेरिकालाई तत्काल आफ्ना गल्तीहरु सच्याउन र चीनको आन्तरिक विषयमा हस्तक्षेप नगर्न आग्रह गरेको छ ।

केही समयअघि अमेरिकी सिनेटमा हङकङको स्वायत्ततालाई अनादर गर्ने व्यक्ति र उनीहरुसँग कारोवार गर्ने व्यापारी तथा व्यवसायलाई अमेरिकामा प्रतिबन्ध लगाउन प्रस्तावमा मतदान भएको थियो । यस्तै एसिया क्षेत्रमा चिनियाँ प्रभाव रोक्न अमेरिकाले आक्रामक भएर लाग्ने संकेत गरेको छ।

शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले युरोपमा अमेरिकाले आफ्ना सेना घटाउन लागेको जानकारी दिएका थिए। आफ्नो सैन्य शक्ति एसिया क्षेत्रमा केन्द्रित गर्ने अमेरिकी ट्रम्प प्रशासनको घोषणाप्रति भारत खुशी देखिन्छ। पूर्वी लद्दाखमा चिनियाँ सेनासँगको भि’ड’न्तपछि खासै अन्तराष्ट्रिय सहानुभूती नपाएको भारतको पक्षमा पछिल्लो समय अमेरिका खुलेरै आएको हो।

हुन त चिनियाँ पक्षले सीमा क्षेत्रमा भारतीय सेनाको उक्साहट ‘अमेरिकी डिजाइन’मा भएको आरोप लगाउँदै सबैभन्दा खराब अवस्थाका लागि तयार रहेको बताउँदै आएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार अमेरिकाले अब लडाकु पाइलटहरूलाई संयुक्त प्रशिक्षण दिने भएको छ। भारती पत्रिका इकोनेमिक टाइम्सले अमेरिकाले भारत, जापान र अष्ट्रेलियाका लडाकू विमानका पाइलटलाई तालिम दिन लागेको जनाएको छ।

उक्त समाचार अनुसार अमेरिकाले एसिया-प्रशान्त क्षेत्रमा चीनको आक्रामकता रोक्न यस्ता धेरै कदमहरू चाल्न लागिरहेको छ। सीमा विवादलाई लिएर भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएपछि अमेरिकाले आफ्नो ध्यान यस क्षेत्रमा केन्द्रित गरेको छ।

रिपोर्ट अनुसार अमेरिकाले ‘द नेशनल डिफेन्स अथोराइजेसन एक्ट’ नामक विधेयक बिहीबार सदनमा पेस गरेको छ। त्यसमा भारत, जापान र अष्ट्रेलियालाई युएस प्रशान्त क्षेत्र गुआममा लडाकु जेटको तालिम दिइने उल्लेख छ। जापान हालैमात्र अमेरिकी सैन्य रणनीतिको साझेदार बनेको थियो।

बिहीबार जापानका रक्षामन्त्री तारो कोनोले टोकियोमा पत्रकारलाई चीन र उत्तर कोरियाबाट भूमीमा मात्र खतरा नभई साइबरस्पेसमा पनि रहेको बताएका थिए। यसबारे सचेत हुनु आवश्यक रहेको उनको भनाई थियो। भारत, जापान, अष्ट्रेलिया र अमेरिकाले एशिया प्रशान्त क्षेत्रमा चीन विरुद्ध आक्रामकताका साथ मिलेर काम गर्ने सहमति गरिसकेका छन्।

प्रतिक्रिया