आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आमाबाबुको कोरोना रिपोर्ट नेगेटिभ र नवजात शिशुको यस्तो आएएपछि डाक्टर नै हैरान

प्रकाशित
509
SHARES

एजेन्सी । मेक्सिकोमा एक जोडीका तिम्ल्याहा नवजात शिशुमा कोरोना पोजेटिभ देखिएको छ । आश्चर्य लाग्दो कुरा त के छ भने उनका बाबुआमाको कोरोना परीक्षण भने नेगेटिभ देखिएको छ । तर, ३ बच्चामा नै कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ । र, यो घटनालाई संसारकै पहिलो भएको भनिएको छ । डाक्टरहरुले यस्तो घटनाबारे न सुनेको, न देखेको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

ती शिशुको कोरोना रिपोर्ट जन्मेको ४ घण्टामा गरिएको थियो । शिशुको रिपोर्ट पोजेटिभ देखिए पनि आमाबाबु दुवैको रिपोर्ट नेगेटिभ देखिएको छ । डाक्टरहरुले नै ती शिशुको परीक्षण गम्भीर रुपमा पुनः गर्नुपर्ने बताएका छन् । ती शिशुमा डेलिभरी गर्दा अरु कोही संक्रमित मानिसका कारण कोरोना हुनसक्ने आँकलन गरिएको छ ।

यस्तै कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर खतरनाक हुने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रक्षेपण गरेको छ । डब्लुएचओले दोस्रो लहरमा लाखौंको ज्यान जानसक्ने औंल्याएको हो ।

डब्लुएचओका सहायक महानिर्देशक डा. रानिरी गुयराले कोभिड–१९ ले स्पेनिस फ्लूले जस्तै ज्यान लिन सक्ने बताएका छन् । उनले स्पेनिस फ्लूको दोस्रो लहरले संसारमा ५ करोड मानिसको ज्यान गएको समेत स्मरण गराएका छन् ।

सन् १९१८ को स्पेनिस फ्लु गर्मी मौसममा मथ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा डरलाग्दो तरिकाले फैलिएको थियो । युरोपका देशहरुले लकडाउन खुकुलो गर्दै यात्रा अनुमति ;समेत दिएपछि गुयराले यस्तो भनाइ व्यक्त गरेका हुन् ।

अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । विश्वभर कोरोना संक्रमित झण्डै १ करोड नजिक पुगेका छन् । सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पेनिस फ्लुबाट ५ करोडभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । पहिलो लहरमा केही लाख मानिसको ज्यान गएकोमा दोस्रो लहरमा करोडौंले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया