आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लासमाथि भ्रष्टचार: रोग प्रशारण केन्द्र बन्दैछन् नेपालका क्वारिन्टीनहरु

प्रकाशित
1.1K
SHARES

जानुका धमला । नेपालका शाषकहरुसँग जनताले राज्य हुनुको अनुभव कहिल्यै गर्नै पाएका छैनन । पञ्चायत, बहुदलदेखि गणतन्त्रसम्म आइपुग्दा पनि जुनसुकै पाटी वा ब्यक्ति सत्तामा रहुन जनताको चाँसो र आवश्यकताहरु बारेमा कसैले पनि उल्लेखनिय रुपमा काम गरेनन् र गरेका पनि छैनन् । गर्ने चाहादैनन्, शाषकहरु शाषक मात्रै भइरहे जन शाषक हुने हिम्मत कहिल्यै पनि राखेनन् र हुँदा पनि भएन् । यो कोरोना महामारीसम्म आइपुग्दा पनि जव जव देशमा संकटको अवस्था श्रृजना हुन्छ अनि राज्यसत्ता संचालकहरु दाउ हेरेर बस्छन, धमिलो पानीमा माछा कति मार्न सकिन्छ भनेर, द्रब्य अमुल्य हुने भयो नै जहाँसुकै पनि ।

जनताले बिपत्तिको सामना गरिरहेको बेलामा सत्तामा आसिन हाकीमहरुले कसरी धमिलो पानीमा माछा मार्न सफल हुन्छन र कति माछा मार्छन ? त्यो हाकीमले घुमाउने कलमको निपमा भरपर्छ, त्यो कलम सत्तामा आसिन हामीक र वरपरकाले कसरी घुमाइदिन्छ, पतै पाउदैनन् । जनता यस्तै निप घुमाइको जालझेलमा निकै पटक रोमलिएका छन, नेपाली जनतालाई यो कोरोनाको महामारीमा पनि तेस्तै भयो । यस्ता निप निकै अगाडिदेखी नै घुमाउदै आएका छन शाषकहरुले । कलम यति शक्तिशाली हतियार हो की असल मान्छेहरुले यसको प्रयोगले सत्यलाई जिवित राख्न मद्दत गर्दछ भने हिटलरका मन्त्री गोयबल्सहरु जस्ताले लाखौ करोडौ झुट बोलेर सत्यलाई दवाउन खोज्छन, यो निकै खतरापूर्ण षडयन्त्र हो । निर्जीव कलमको लागि एउटा झुट लुट लुकाउन सयवटा अरु गल्ती र झुट गर्नु हो ।

निर्जव निप घुमाइको धेरै बर्ष अघितिर लैजानै पर्दैन, अक्षरहरुलाई हामीले विगतको ५ बर्ष अगाडिकै घटना काफी छ । नेपालका शाषकहरुले जनतालाई दुखको समयमा कसरी ब्यवास्ता गर्छन, वा जनजीविकाको सवालमा शाषकहरु कति लाचारी, निकम्मा र धोकेवाज सावित भएका छन भनेर ५ वर्षको सेरोफेरोलाई मात्रै हेरे पनि पुग्छ। भूकम्पजस्तो महा विपत्तिले देश छिया-छिया भएको थियो, लाखौ जनता सडकमा त्रिपालमा बसोबास गर्न बाध्य थिए भने शाषकहरु उही सुगा रटाइमा नै जनतालाई अल्मलाई रहेका थिए । त्यो विपतिमा पनि जनताको लागि भनेर छिमेकी राष्टहरुले गरेको सहयोग बास्तविक पिडितसम्म पुग्नै सकेन ।

त्यही सत्ताको परिपरी रहेका साषक र निहित गुट झुण्डलाई मात्रै काफी भयो । कसैले चामल चोरे, कसैले त्रिपाल, जस्ता, कसैले डलर, यान र भारु मात्र, मात्रै फरक थियो लुटन चाहि मज्जाले नै लुटे, देशको अस्तित्व र इज्जतै दाउमा राखेर जनता फेरी जिल्लै भए । उही पानीमा रुजेको जस्तो, सयौ पुरातान्त्रीक, धार्मीक भौतिक संरचना ढलेर नष्ट भएकका छन । ५ बर्ष पुग्दा पनि अझै अलमलमा छन । ती संरचनाहरु कमिसनको खेलमा छक्कापन्जा जिन्दाबाद । के गर्नु यस्तो अवस्थामा पनि लुट्नमै व्यस्त छन दलादहरु ।

जब-जब देशमा संकट आउछ, देशकाे नाटक घर संसद भवनभित्र सत्तामा आसिन महाराजहरु वा प्रतिपक्षमा रहेका राजाहरु आफनो कमी कमजोरी ढाकछोप गर्न एकै स्वरमा बाेलि मिलाएर चित्कार निकाल्छन र खुवै राष्टवादी भएकोजस्तो अभिनय गर्छन । उनीहरुलाई राम्रोसँग थाहा छ यहाँ गरिएको मन्चनहरुले जनतामा वास्तविक भ्रम र्सिजना गर्न सकिन्छ र त्यो भ्रममा जनताले फेरी पनि पत्याइदिने छन् । साचै कति लाचार छन ,नेपालका राजनैतिक दल र पार्टीका कार्यकर्ताहरु, आफनो पाटी वा दलको नेताले नराम्रो काम गरे पनि भक्तीभजन गाएर हनुमान चालिसा सुनाउन तयार हुन्छन । जय-जयकारको लोलि मिलाएर स्तुति गर्छन । नेताले पादेको पादको बास्ना समेत अतरमा परिणत गरेर आनन्दको अनुभुति लिन्छन । स्तुति गान गाउन लगाउने नेताहरुले आफना झोलेहरुलाई राम्रो संस्कार सिकाउन किन नसकेका होलान ? हुन त मुल नै धमिलो र फोहाेर भएपछि संग्लो पानी आशा गर्नु पनि त ब्यर्थ छ । यस्तै सेरेफोरेको कथातिर लागौ ।

विगतदेखि नै असफल भएर आएका नेताहरु नै फेरी राज्यको बाघडोर सम्हालिरहेका थिए ! त्यो महाबिपत्तिमा पनि उनीहरु सफल हुने कुरै थिएन । यो साल पनि विश्व कोरोनाको कहरमा बन्दावन्दी अवस्थामा थियो र छ । विश्वले नै यो रोगको सामना गरेर अगाडि बढिरहेको छ । कोरोनाको ठुलो गर्जन अहिले पनि विश्वमा कायमै छ । विगतदेखि असफल हुदै आएका शाषकहरु कोरोनाको कहरमा पनि आफुलाई असफल भएको प्रमाणित गरे । मस्त निन्द्रावाट आफुलाई विउझउन नै सकेनन । होली वाइनहरुको चुस्कीले मस्त निन्द्रमा निदाए, गहिरो सपना देखेर । छिमेकी देश चिनमा झण्डै आधा वर्ष पहिले फैलिएको कोरोनाले विश्वलाई चुनौति दिदै थियो ।

नेपालको शाषकहरु भने विरालोले जाडो याममा घाम तापेकोजस्तो गर्दे मस्त घाम ताप्दै जुँगाको ताउ मीलाउदै बसिरहेका थिए । सर्बसाधारणकाे लागि जाडो याममा रत्नपार्कको बदाम, सुन्तला, घाम जति प्यारो हुन्छ नि नेताहरुको लागि संसद भवन र त्यो आसपासको चौरमा सुन्तला र बदाम चपाउदै मस्त घाम ताप्नुको मज्जा पनि छुटै छ । देश पशुपति नाथको रक्षामा विगतदेखि पनि चल्दै थियो यो पटक पनि चलि नै रहेको छ ।

संसद भवनमा सुन्तला बदाम खाएर पेट भरेकै झोकमा पर्यटनमन्त्री ज्युले त पत्रकार सम्मेलन गरेर नै भन्न भ्याउनुभयो – नेपाल कोरोना मुक्त देश हो । चाइनिज टीभि च्यानलहरुको प्रयोग गरेर भए पनि नेपाल भ्रमण वर्ष २०२० सफल पारौं । त्यही नै बेला उहानमा नेपालीहरु आफनो देश फर्कन चाहेको र सरकारले देखाएको उदासिनता देखाइरहेको थियो । ठुलै दवाबपछि बुहानमा अलपत्र परेका नेपाली विद्यार्थी स्वदेश आइपुगे । त्यतिखेर नेपालमा १ जना मात्रै कोरोना संक्रमिट भेटिएका थिए, त्यो कुरालाई दलाल निकायहरुले वास्ता नै गरेनन् ।

कोरोनाको प्रकोप एसिया मुलुकमा भन्दा युरोप र अमेरिकामा तिव्र रुपमा फैलियो, त्यसबाट पनि के अनुमान गलाउन सकिन्छ भने यो समयमा नेपालको शाषकहरुले चाहेको भए कोरोनाको विपत ब्यवस्थापनलाई राम्रोसँग नै ब्यवस्थापन गर्नसक्ने थिए । यो समयमा शाषकहरु कहि सत्ता हत्याउने चुतिया खेलमा लागे भने कोही लास गन्न तिर। लास गन्ने उन्मातहरुलाई जनताको स्वाथ्यसँग चासो नै भएन । मालिकको आदेशको पर्खाइमा मौनव्रत वसिरहे । ठुला मालिकहरु भने कहिले बालुवाटार कहिले भैसेपाटी त कहिले खुमलटारका आ आफनो झुण्डको इसारामा नाच्दै थिए । यता जनतामा भने विदेशबाट स्वदेश भित्रिएका नागरिकहरुमा कोरोनाको संक्रमित दर तिव्र हुदै थियो ।

दुखको साथ भन्नुपर्छ, बास्तवमा यतिखेर देश लिम्पियाधुराको नक्शामा होइन क्वारेन्टिनमा दिन-दिनै मरिरहेको जिवनको नक्सामा छ । चाउ-चाउ भुजा चपाएर प्राण धानिरहेका लामखुटे सर्प बिच्छी वरिपरी घुमाएर सुतिरहेका, शरिर सुनिएर भोकै पेट खेतका गराहरूमा पल्टिरहेको जीवनको नक्सामा सिमित छ । साच्चै देश हिटलर तन्त्रबाट चलेको छ । जो जहाँ मरोस, केही फरक छैन । शाषकलाई भूकम्पको बेलामा स्थानीय निकाए नभएर जनताको सेवा गर्न नपाएको गुनासो गर्ने शाषकहरु यो गणतन्त्रमा पनि गाँउ-गाँउमा पुगेको सिंहदरवारले समेत केही लछारपाटो लागेन । यो महामारीमा पनि कसरी लागोस त वडा वडामा दलाल र ठेकेदार भएपछि ?

यो समयमा कोरोना संक्रमण भएर मरेकाभन्दा पनि संक्रमणको त्रासमा मर्नेको संख्या धेरै छ, र कोरोनाको कहरमा एघार सयभन्दा बढि जनताहरुले आत्महत्या गरेका तथ्यहरु पनि बाहिरिएका छन । अब्यवस्थित क्वारिन्टीनको कारण रोग संक्रमीत भएर दर्जन बढि नेपालीहरुको ज्यान गुमाइसकेका छन । नेपालमा रहेको क्वारिन्टीनको नेपाली नाम रोग प्रसारण केन्द्र जस्तो भएको छ । साचै नेपालमा कोरोनामा संकटमा पनि घुस्याहा र भुस्याहाहरुले शाषन गरेको राम्रोसँग देखियो ।

सधै जोक भन्न बानी परेका मेरो देशको प्रधानमन्त्री केपी शर्मा ओलीले यो पाली पनि ‘खान नपाएकै कारण ज्यान जाने अवस्थाको अन्त्य गरेको छौ’ भनेर जोक गरेछन्। यो भनाई आउने दिनभन्दा धेरै दिन पहिलेदेखि श्रमजिवी वर्ग भोक, रोगले आक्रान्त एक मजदुर युवती सन्तान काखी च्यापेर पेट भरी खाने इच्छा जाहेर गरिरहेकी छिन । एक लक्का जवान युवामा संसार जित्ने चाहान हुन्छ । यो बेलामा उ जागिरबाट निकालिएपछि आफुले आफैलाई आगो लगाएर जलाउन बाध्य छ । अनि ओली महाराजाको हुकुम हुन्छ – भोकले केही मर्नु पदैन ।

अमुक नेताको आर्शिवाद पाएर सत्तामा पुगेकोहरुबाट जनताको पक्षमा कामको अपेक्ष गर्नु पनि गलत सावित भएको छ । चोरबाटो प्रयोग गरेर अर्थमन्त्री भएको खतिवडा ज्युलाई न लक डाउनले मरेको जनताको लासको कथाले दुख्छ न कोरोनाको कहरमा खान नपाएर मरेका आम नागरिकको लाससँग सरोकार नै छ । सरोकार मात्र यो कुरामा छ चललेट गुलियो मिठो हुन्छ र त्यसबाट उहाँको स्वाथ्यका लागि मात्रै लाभकर देखिएको छ । जहाँ गए पनि गरिबहरु सुरक्षित छैनन् । किन होला अर्थमन्त्री खतिवडा ज्यु ? मन्त्री ज्युको यो निणर्यत दानापानी पेटभरी खान नदिइ गधालाई भारी बोकाएर भोको गधा गरुगो भारिएको बोज बोक्न नसकेर मुर्छा परेको जस्तो भएन र ? भोको पेटमा मालिकले निम्छरो गधालाई कुटेको जस्तो किन ? जनता नकुटनुस मन्त्री ज्यु, काम गरेर खाने वातावरण मात्र बनाइदिनुस, उनीहरु आफै कर तिर्न आउने छन ।

मन्त्रीज्युलाई मालामाल हुने कुरामा मात्रै अगाडि सर्ने र जनताको सवालमा किन सधै पछाडी ? हुन त प्रभुको कृपाले पाएको जागिर न हो कलम जता घुमाए पनि घाटा हैन बस नाफा हुनुपर्यो । खानुभक्त मन्त्रीज्युको पनि कोरोनाको कहरमा निकै दु:ख बढेको छ। झण्डै १० अर्व खर्च भएको कोरोना उपचारमा लकडाउन गरेपछि मात्रै हो । अझ योभन्दा पछाडिका हिसाब किताव आउन बाँकी नै छ । खै त मन्त्रीज्यु कस्तो उपचार पाए जनताले ? एउटा राम्रो कोरोना जाच्ने पिसिआर मेसिन नभएर जनताहरु भने दिनदिनै उपचार नपाएर मरिरहेका छन ।

ओम्नी काण्डमा स्वास्थ्य मन्त्रीको प्रभुले अलिकति मात्रै खुटा झिकीदिनुभएको भए उहाँ खोरमा हुनुहुन्थ्यो । यो बेला धन्न प्रभुको कृपाले बचायो मन्त्रीज्युलाई । सधै ब्यस्त मन्त्री ज्युको कहिले घरमा पाहुना आउछन त कहिले यति र ओम्नीहरु, अनि कहाँ बाट फुर्सद मिल्छ र उहाँलाई ? कहिलेकाही मिलिहाल्यो भने पनि बास्ताकिता के हो त्यहि हो त्यो भन्दा अरु केही पनि विकल्प छैन । भगवान पशुपतिनाथ रक्षा गर, मेरो देशको स्वास्थ्य मन्त्रीलाई यति निकम्मा भएर पनि सत्तामा बसेको पटक्कै सुहाएन, मन्त्री ज्यु नैतिकता छ भने राजीनामा दिनुस, यो आम जनताको माग हो । भारतमा ७८ जना संक्रमित हुँदा नेपालमा २ जना थिए । आजसम्म भारतको तथ्याकमा २ लाख बढि संक्रमीत छन, नेपालमा झण्डै ११ हजार भारतमा ६ हजार मानिस मरे, नेपालमा २ दर्जनबढि । कोरोना रोकथाम सम्बन्धी नेपाल सरकारको बडो गजबको तयारी छ, जय ओली तन्त्र ।

समस्याहरु यत्रतत्र सर्वत्र छरिएका छन, एकपछि अर्को झन डरलाग्दो भएर आएको छ । मालिकहरु यो महामारीमा पनि मस्त निन्द्राको सपनामा नै छन, ब्यूझिने तरखरामा छैन । दुईतिहाई दम्भले गजक्क फुलेका प्रधानमन्त्री ज्यु चैनले सुत्न सक्नु भएको छैन । एमसीसी पास गर्नुपर्यो भनेर दिन रात मालिकको दवाब छ । यो पटक यो सम्झौतामा हस्ताक्षर गर्नु हुदैन भनेर फेरी दोस्रो बरियाता क्रमका मालिक अलि बटारिएका छन । प्रधानमन्त्री तथा दुई तिहाई सरकारको पहिलो बरियता क्रममा रहनुभएको अध्यक्षले न स्थायी समितिको वैठक बोलाउन सक्नुभएको छ न केन्द्रिय समितिको नै ।

पाटीको विधि र पद्धतिबाट जाँदा अल्पमतमा परिने भयले मौसुफको विरामी शरिरमा निद हराम भएको छ । बजेटमा त चोर बाटो बाटै भए पनि एमसीसी घुसाइयो, अब कसरी मालिक खुशी पार्ने र चोर बाटोबाट भए पनि यसलाई पारित गर्नेमा प्रतिपक्षको समेत साथ पाएका प्रधानमन्त्री ठेडी ठोकेर बस्नुभन्दा जनताको चाँसो गुनासोले कहिले छोएको छ र यो पटक छुनु ? नछोओस ठिक छ अब जनता पनि सचेत भएछन, जस्तो आभास भएको छ ।

साँच्चै भोको पेटलाई दुनीयाँको शस्त्रअस्त्रहरुले छेक्न सक्दैन, शाषकहरुको यही रबैया कायम रहेमा भोको पेटले अवश्य पनि विद्रोह ओकल्ने छ । यो अभियान शुरु भएको छ । बेलैमा जनताको मागको सम्बोधन गरेर अगाडि बढ्दा नै कल्याण होला । फेरी सातो गएपछि बोलाउन गारो हुन्छ, चेतना भया शाषकहरु । एमसीसी विरुद्धको अभियान होस की पीसिआर बढाउ अभियानमा बालुवाटार घेराउमा बसेको जनतामाथि जुन ब्यबहार भएको छ नेपालका शाषकहरु कति असफल छन भनेर यहीबाट पनि थाहा हुन्छ। जो सुकैले आफु असफल भए पछि देखाउने भनेको क्रुरता हो । भोको पेटले खानाकै माग गर्दछ, अरु तपसिलको कुरा भए । यही र यस्तै अवस्था हुने हो भने अव फेरी अर्को विद्रोह जरुर हुने छ, यही अवस्था रहिरहने हो भने त्यो आवश्यकता पनि पक्कै छ । सधैभरि भ्रष्ट बिबेकहीनहरुलाई सत्ताबाट घोक्राएर ननिकालेसम्म देशमा भ्रष्टचार झाँगीनै रहन्छ राष्ट्रिय स्वाधिनताको विषयहरु सधै ओझेलमा परिरहन्छन र जनता भोकभोकै मरिरहन्छन ।

भारतबाट आयतित गरिएको एउटा नाम सरित गिरी आफुलाई लागेको विषयमा बहस छलफल हुन स्वाभाविक कुरा पनि हो तर हाक्काहाकी भारतद्धारा मिचेको भूमिसहित सार्वजनिक भएको नेपालको नयाँ नक्साविरुद्ध संसदमा प्रस्ताव दर्ता गर्नु भनेको चाँही उनको निर्लज्ज राष्ट्रघाती हर्कत हो । यसबाट नेपाल देश भक्ति सगँको उनको टाढाको पनि सम्बन्ध छैन, उनी लैनचौरपछिको अर्को सीआडी पात्र हुन । उनी हरेक पटकको अन्तरबार्तामा निधक्क साथ भनिरहेकी छिन भारतका शाषकहरुलाई नसोधी नेपालका शाषकहरुले केही पनि गर्न र बोल्न पाउदैनन ।

उनीलाई राम्रोसँग थाहा छ नेपालका शाषकहरु त्यहीबाट पालित पोषित छन भनेर, अनि उनी त्यो कुराहरु ढुक्कको साथ भन्ने आट राख्छिन र भन्छिन- ‘कालापानी लुपुलेक र लिम्पीयाधुरा भारतको भुभाग हो, म नेपालको हो भनेर मान्दै मान्दिन ।’ क्या गजब यस्तो देशद्रोही कुरा गर्दा पनि नेपालका शाषकहरु कारवाही गर्ने आट समेत राख्दैनन । यो दुखको कुरा हो, सच्चा नेपालीहरुको लागि । विद्रोह जनताको अधिकार हो । साच्चै यतिखेर हाम्रो सरकार कहाँ छ माफियालाई थाहा छ । जय ओली तन्त्र

प्रतिक्रिया