आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लिभरपुलले ३० वर्षपछि जित्‍यो लिग उपाधि

प्रकाशित
834
SHARES

काठमाडाैं । इङ्लिश क्लब लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधिमा कब्जा जमाएको छ। बिहीबार लिग अन्तरगत भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले ३ दशकपछि उपाधि हात पारेको हो।

जारी सिजनमा सुरूदेखि नै उत्कृष्ट खेल देखाउँदै आएको लिभरपुलका लागि उपाधिमा कब्जा जमाउन एक जित वा म्यानचेस्टर सिटीको एक हारको आवश्यक्ता थियो। बिहीबार भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएपछि उपाधि कब्जाका लागि आवश्यक अन्तर लिभरपुललाई प्राप्त भयो र उसको लिग उपाधिको ३० वर्ष लामो खडेरीको अन्त्य भयो।

बिहीबार भएको खेलमा म्यानचेस्टरलाई पराजित गर्ने क्रममा चेल्सीका क्रिश्चियन पुलिसिकले खेलको ३६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सो अग्रतालाई म्यानचेस्टर सिटीले केविन डी ब्रुयनको गोलमा खेलको ५५ औं मिनेटमा बराबरी गरेको थियो।

त्यसपछि विलियनले ७८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि खेल चेल्सीले २-१ ले आफ्नो पक्षमा पार्‍यो। लिभरपुलले पछिल्लोपटक सन् १९८९-९० उपाधि जितेको थियो। उसले हालसम्म १९ पटक लिग उपाधि जितेको छ। लिगमा लिभरपुलले ७ खेल खेल्न बाँकी रहेको छ।

लिगमा हालसम्म उसले ८६ अंक जोडेको छ। यसैगरी दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको लिगमा ६३ खेलबाट सिटीको ६३ अंक छ। लिग उपाधि पक्का भएपछि हजारौं समर्थकले एन्फिल्डमा जम्मा भएर जितको खुशीयाली मनाएको बिबिसीले जनाएको छ।

यसैबीच महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ। भारतीय सीमास्थित सहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लङ्घन गरी १७ वर्षदेखि ३२ वर्ष उमेर समूहका मेसीका शुभेच्छुकहरूले मेसीको ३३ औँ जन्मदिन मनाइरहेका समय बुधबार स्थानीय प्रशासक, कानूनी अधिकारी तथा प्रहरीले छापा मारेको थियो।

बङ्लादेशमा अर्जेन्टिनी स्ट्राइकर मेसीलाई विश्वकै नमूना खेलाडी मान्ने प्रशंसकहरूको ठूलो संख्या रहेको बताउने गरिएको छ। क्याफेमा जन्मदिन मनाइरहेका ती व्यक्तिहरूलाई क्याफेबाहिर पुगेको घुम्ती (मोबाइल) अदालतमा उपस्थित गराई प्रतिव्यक्ति १०० टाका (करिब १.१५ अमेरिकी डलर) जरिवाना गरिएको न्यायाधीश फिराज हुसेनले बताए।

महामारीमा भेला भै निषेधित गतिविधि सञ्चालन गरेको आरोपमा क्याफेलाई ७० अमेरिकी डलर जरिवाना गरिएको उनले बताए। ‘उनीहरूले साँझमा घरबाहिर (क्याफे)मा भेला भई सामाजिक दूरी कायम गर्नुपर्ने राज्यको नियम तथा लकडाउन आदेशको उल्लङ्घन गरेकोले जरिवाना गरिएको हो,’ हुसेनले एएफपीसँग भने।

बङ्गलादेशको सरकारले गत मार्चदेखि जारी लकडाउनको घोषणालाई क्रमशः सहज बनाउँदै लगेको छ। यद्यपि सामाजिक दूरी कायम गर्ने कुरालाई भने कडाइसाथ पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया