आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु

प्रकाशित
494
SHARES

काठमाडौं ।नेपालमा विहीबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति उपचारका क्रममा मृत्यु भएको हो । उनी गत असार ८ गते अस्पतालमा भर्ना भएका थिए । सघन कक्षमा उपचाररत उनको बुधबार राति निधन भएको हो ।

यसैगरी ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष र दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको गरी २४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा विहीबार थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ११ हजार १६२ पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३१२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६५० पुगेको छ । जसमध्ये १९ जना महिला र २९३ पुरुष रहेका छन् ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनु्सार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका एकजना पुरुष र सुनसरीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ८ जना पुरुष, सुनसरीका २ महिला र २ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ९ जना पुरुष, महोत्तरीका ५ जना पुरुष, सिराहाका एक महिला र एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ४ जना महिला र ९ पुरुष, बैतडीका एकजना पुरुष, बझाङका ३ महिला र १३ पुरुष, बाजुराका २ जना महिला र २ जना पुरुष, डडेल्धुराका एकजना महिला र ११ पुरुष, कैलालीका २ जना पुरुष, कंचनपुरका ११ जना महिला र ४८ जना पुरुष, रौतहटका ३८ पुरुष र सर्लाहीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ७ जना महिला र ८६ जना पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका एकजना पुरुष, काठमाडौंका २ जना महिला र २ जना पुरुष, ललितपुरका एकजना पुरुष र सुनसरीका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एकजना महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासीका एकजना महिला र ४ जना पुरुष, तनुहँका २ जना महिला र ७ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना पुरुष, म्याग्दीका एक महिला र ५ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका ३ पुरुष, प्युठानका २ महिला र ५ जना पुरुष, पाल्पाका २८ पुरुष र रुपन्देहीका ४ महिला र ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पुर्वका एक जना पुरुष, बर्दियाका एकजना महिला र ५ जना पुरुष, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एकजना पुरुष, बझाङका २ पुरुष, बाँकेका एकजना पुरुष, दैलेखका १ महिला र १७ जना पुरुष दार्चुलाका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी धादिङका एकजना पुरुष, इलामका एकजना पुरुष, जुम्लाका एकजना पुरुष, कैलालीका एकजना पुरुष, कालिकोटका एक महिला र २ जना पुरुष, कास्कीका एकजना पुरुष, लमजुङका एकजना पुरुष, सल्यानका एकजना पुरुष, र सुर्खेतका १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बैतडीका एकजना पुरुष, बाजुराका ४ जना पुरुष, बाँकेका ३ जना पुरुष, दैलेखका एकजना महिला,दाङका एकजना पुरुष, धादिङका एकजना पुरुष, गोरखाका २ जना पुरुष, गुल्मीका एकजना पुरुष, इलामका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै जुम्लाका एकजना पुरुष, कंचनपुरका एकजना पुरुष, खोटाङका एकजना पुरुष, लमजुङका एकजना पुरुष, ओखलढुंगाका २ जना पुरुष, पाल्पाका एकजना पुरुष, रामेछापका २ जना पुरुष र ताप्लेजुङका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

थप ३१२ जना कोरोना संक्रमणमुक्त

नेपालमा थप ३१२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६५० पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १९ जना महिला र २९३ पुरुष रहेका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

हेलचेक्रयाइँ भएको छैन : अस्पताल

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन केन्द्रका प्रमुख डा. कुलदीप पण्डितले उनको उपचारमा कुनै कमी नगरिएको दाबी गरे । ‘आइसोलेसनमा पनि उनलाई जीवनजल दिइयो । तर, शनिबार अचानक उनको स्वास्थ्य बिग्रियो,’ डा. पण्डितले कान्तिपुरसँग भने, ‘पीसीआर रिपोर्ट आएपछि उनलाई इमर्जेन्सीमा सारेर उपचार गरियो ।’ उनका अनुसार राजुमा मेनिगो (ब्रेनसम्बन्धी) इन्सेफ्लाइटिसको लक्षण देखिएको र शरीरमा नुनको मात्रा कम हुँदा मृत्यु भएको हो । ‘उपचारमा कुनै हेलचेक्र्याइँ गरिएको छैन । सीसी क्यामेरामा भिडियो छँदै छ । फुटेज हेर्दा थाहा भइहाल्छ नि,’ डा. पण्डितले भने ।

छोराको मृत्युसँगै आमा नीलमदेवी विक्षिप्त छिन् । आँसु रोकिएको छैन । घरिघरि अचेत हुन्छिन् । पत्रकार सम्मेलनकै क्रममा पनि नीलमदेवी मुर्छित भइन् । बनिबुतो गरेर गुजारा चलाउने सदा परिवारका राजु एक्ला छोरा हुन् । १६ महिनाअघि घर–परिवारको दु:ख हटाउन भन्दै राजु कमाउन चेन्नई हानिएका थिए ।

क्वारेन्टाइन र आइसोलेसनको ‘हेल्चेक्र्याइँले मृत्यु’

धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोर प्रसाहीका १६ वर्षीय राजु सदाको क्वारेन्टाइन र आइसोलेसन केन्द्रको हेल्चेक्र्याइँले मृत्यु भएको परिवारले आरोप लगाएको छ । उनको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ र पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।

क्वारेन्टाइनमा १४ दिन रहँदा गम्भीर अवस्था हुँदा पनि उपचारमा ध्यान नदिएको तथा आइसोलेसनमा राखिँदा पनि पीसीआर रिपोर्ट नआएको भन्दै चिकित्सक नजिक नै नपरेकाले उपचार अभावमा सदाको मृत्यु भएको परिवारको दाबी छ ।

लकडाउनले जागिर गुमेपछि जेठ १४ मा भारतको चेन्नईबाट आठ दिनको यात्रा गरेर धनुषाको जटही नाका आइपुगेका उनलाई पखाला लाग्यो । पैदल, बस र रेलको यात्राले शरीर थकित त भएकै थियो, सदाले बाटोमा राम्रोसँग खाना पनि खान नपाएको बताएका थिए । नाकामा आउँदै उनलाई उपचारको खाँचो थियो । तर, सोझै क्वारेन्टाइन लगियो ।

नौवाखोरको क्वारेन्टाइनमा भेट्न बुवा असे सदा पुग्दा छोरा राजुको शरीर कमजोर देखे । क्वारेन्टाइनका कर्मचारीसित राजुले आफू निकै कमजोर बनेको भन्दै सलाइन पानी चढाइदिन धेरै पटक अनुनय–विनय गरेका असेले सुनाए । ‘टाउको दुखिरहने । खाना खाएलगत्तै उल्टी गथ्र्यो,’ असेले भने, ‘छोराको शरीरले उपचार खोजिरहेको थियो । तर, क्वारेन्टाइनमा बसेका कर्मचारीले सलाइन पानी चढाउन अनुमति नरहेको भन्दै टारे ।’ क्वारेन्टाइनमा बस्दा प्रतिदिन राजुको शरीर कमजोर हुँदै गयो । असेका अनुसार उपचार गराउन आफैं लैजान्छौं भन्दा पनि क्वारेन्टाइन व्यवस्थापनले मानेनन् ।

‘छोराको अनुहार सुकेको थियो, शरीर कमजोर । धेरै पटक मैले नै उपचार गराउन अस्पताल लग्छु भन्दा क्वारेन्टाइनबाट जान दिएनन्,’ राजुका बुवा असेले भने, ‘कोरोनाको रिपोर्ट नआएकाले बाहिर लैजान मिल्दैन मात्र भनिरहे । यता छोरा झन्झन् कमजोर हुँदै थियो ।’

आरडीटी रिपोर्ट पोजिटिभ आएपछि जेठ २८ मा राजुसहित उनीसँगै क्वारेन्टाइनमा बसिरहेका अरुण सदालाई पनि टिपरमा हालेर जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा पठाइयो । आइसोलेसन केन्द्रको प्रतीक्षा कक्षमा राजु र अरुणसहित सिरहाका अर्का संक्रमित पनि थपिए । राजुको बुवा असेले बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा तीनवटा प्रश्न गरे, ‘राजुलाई कोरोना पोजिटिभ थियो भने टिपरमा राखेर किन आइसोलेसनमा लगियो, आइसोलेसनमा किन भर्ना गरिएन र कोरोना पोजिटिभ थिएन भने किन आइसोलेसनमा लगियो ?’ यिनै प्रश्नको उत्तर खोज्दै असेले छोरा राजुको मृत्युको कारण क्वारेन्टाइन र आइसोलेसन रहेको दाबी गरे ।

उनको अर्को पनि दुखमनाउ छ । ‘आइसोलेसन कक्ष बाहिर राखिएका राजुलाई हेरचाह र उपचार गर्न कोही पनि आउँदैनथ्यो,’ असेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा ल्याउँदा पनि राजुको पखाला निको भएको थिएन । टाउको दुख्ने र खाना खाँदा उल्टी हुने क्रम उस्तै थियो । ऊ बेडमै छटपटाउँथ्यो । बेचैनी महसुस गथ्र्यो ।’ असेका अनुसार पेट पोल्ने, पखाला लाग्ने र उल्टी भइरहेकोबारे राजुले आइसोलेसन कक्षका चिकित्सकहरूलाई पटक–पटक भनेका थिए । तर कसैले वास्ता गरेनन् । सँगै रहेका अरुणलाई राजुको छटपटीले बेचैन बनाउँथ्यो । नर्स–डाक्टरलाई गुहार लगाउँथ्यो । बल्लतल्ल आउने नर्स–डाक्टरले परैबाट औषधि दिएर जान्थे ।

असार ५ को बिहान ३ बजे राजु अचानक बेडबाट झरे । उनी छटपटाइरहेका थिए । शरीर तन्काउन थाले । बोल्न पनि छोडे । अरुणले नर्स र डाक्टरलाई फोन गरेर बोलाए । नर्स त आइन् तर ढोकामै रोकिइन् । अरुणले राजुलाई उठाएर बेडमा राखे र गुडाउँदै नर्सनेर लगे । नर्सले त्यही सलाइन पानी लगाइदिइन् । ‘केही परे फोन गर्नू’ भन्दै नर्स हिँडिन् । यो क्रम तीन दिनसम्म चल्यो । असेका अनुसार राजुको कमजोर शरीर सलाइन पानीले मात्र धान्ने स्थितिमा थिएन ।

सोमबार राजु र अरुणको पीसीआर रिपोर्ट नेगेटिभ आयो । त्यो जानकारी दिन भने डाक्टर उनीहरूको छेउमै आइपुगे । ‘तिमीलाई केही भएको छैन, घर जाऊ,’ डाक्टरले अरुणलाई भने । राजुको अवस्था गम्भीर रहेकाले उनका बुवा असे र आमा नीलमदेवीलाई अस्पतालले बोलायो । ‘उपचार गराउन बाहिर लैजानु भन्दै डाक्टर हिँडिहाले,’ असेले भने, ‘टेम्पोमा राखेर राजुलाई इमर्जेन्सी कक्षमा लगें ।’ केहीबेरमा राजुले इमर्जेन्सी कक्षमै प्राण त्यागे ।

प्रतिक्रिया