आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना निको भएर २४ घन्टामा ३१२ जना डिस्चार्ज

प्रकाशित
568
SHARES

काठमाडौँ । नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा ३१२ डिस्चार्ज भएका छन् । साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १५, कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट १, जलेश्वर अस्पताल महोत्तरीबाट २१, दुल्लु अस्पतालबाट ७, गौरीशंकर कलेज रौटहटबाट ८०, अल्पाइन नर्सिंङ इन्स्टिच्युट सर्लाहीबाट ६९, त्रिवि शिक्षण अस्पतालबाट २ र आइसोलेसन सेन्टर बाँके खजुराबाट ६ जना डिस्चार्ज भएका हुन् ।

त्यसैगरी बर्दियाबाट २, आइसोलेसन सेन्टर बनकटुवा बाँकेबाट ३, आइसोलेसन सेन्टर राप्ती सोनारी बाँकेबाट ११, आइसोलेसन सेन्टर पिपरी कोहलपुरुबाट ६, लायन्स डेन्टल आइसोसन सेन्टरबाट ६, प्रादेशिक अस्पताल सुर्खेत र दैलेखबाट १, सुर्खेतबाट ३२, प्रादेशिक अस्पताल जनकपुरबाट ४, सपही आइसोलेसन सेन्टरबाट ४५ र सिरहाबाट १ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा महिला १९ र पुरुष २९३ रहेका छन् । यो सँगै निको हुनेको संख्या २ हजार ४३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ८७ हजार ८६३ नमुना परीक्षण भएका छन् ।

२४ घन्टामा ४ हजार १ सय ६७ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ९९ हजार ७३७ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ६ हजार ५४३ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७४ हजार २२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ४८६ जना रहेका छन् ।

कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । मृत्यु हुनेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षीय पुरुष र चितवनका ४९ वर्षीय पुरुष रहेका छन् ।

स्याङ्जाका ती पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत थिए । उनमा निमोनिया र मधुमेहको पनि समस्या रहेको थियो । उनको असार १० गते राति मृत्यु भएको हो ।

त्यसैगरी महालक्ष्मी ५ ललितपुरका एक पुरुषको पनि मृत्यु भएको छ । उनको असार ११ गते बिहान पाटन अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुषको ५ महिनाअघि मिर्गौला प्रत्यारोपण भएको थियो । बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको जनाए ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १ र पर्साका १ गरी २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया