आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु

प्रकाशित
702
SHARES

काठमाडौँ ।  चट्याङ लागेर सप्तरीमा आज बिहान  ४ जनाको मृत्यु भएको छ ।  डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षिया ललितादेवी यादव, महादेवा गाउँपालिका-२ का ६० वर्षीय छेवी ठाकुर, सोही स्थानका २७ वर्षीय बेतन यादव र राजगढ गाउपालिका- ३ का केसीलाल साह मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले चट्याङ लागेर चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । केसीलाल साहको उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर थप ३ जना घाइते भएका छन् ।

चट्याङ लागेर घाइते भएकी राजगढ गाउँपालिका-३ का १८ वर्षीय आशा मण्डलको गजेन्द्रनारायण सिंह अस्पताल उपचार भइरहेको छ। राजगढ र महादेवाका अन्य २ घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ

प्रतिक्रिया