आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना महामारीकै बीच नेपाली सेनालाई शान्ति मिसनमा पठाउने तयारी

प्रकाशित
696
SHARES

काठमाडाैं । कोरोना (कोभिड-१९) भाइरसका कारण रोकिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनको ‘रोटेसन’ अब सुरु हुने भएको छ । यूएन मिसनले नेपाली सेनालाई बदली गर्नुपर्ने फौज तयारी अवस्थामा राख्न भनेको हो ।

जसअनुसार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा एक हजार सैनिक अधिकारीलाई क्वारेन्टिनमा राखिएको छ । जंगीअड्डाका एक सैनिक अधिकृतका अनुसार यूएनले सैनिक अधिकृत र कर्मचारीलाई कोरोना भाइरसको परीक्षण गरेर मात्र पठाउन भनेको छ ।

त्यसका लागि नेपाली सेनाले पीसीआर मेसिन खरिदको तयारी पनि थालेको छ । छाउनीस्थित सैनिक अस्पतालमा राख्ने गरी अत्याधुनिक स्वचालित मेसिन खरिद गर्न लागिएको जंगीअड्डा स्रोतले बतायो ।

यसका लागि सेनाले पहिलो पटक आह्वान गरेको टेण्डर रद्द भएको छ र दोस्रो पटक पुनः टेण्डर खुलाउन लागिएको छ । परीक्षणका लागि आवश्यक पीसीआर किट, पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगायतका सामग्री नेपालस्थित अमेरिकी दूतावासले जंगीअड्डालाई सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

बुधबार नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच ४ लाख ५० हजार डलर बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरे । स्वास्थ्य सामग्री लिएपछि प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले अमेरिकाको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।

सैनिक स्रोतका अनुसार अब एक सातापछि जुलाईबाट यूएन मिसनको फौज परिवर्तन गर्ने तयारी छ । यसअघि कोरोना भाइरसका कारण दक्षिण सुडान उड्ने तयारीमा रहेका ६९९ सैनिक अधिकारी नेपालमै रोकिएका थिए ।

सुडान उड्ने अन्तिम तयारीमा फौज रहेका वेला कोरोनाको बढ्दो महामारीलाई कारण देखाउँदै संयुक्त राष्ट्र संघले नयाँ फौज नपठाउन जंगीअड्डालाई पत्राचार गरेको थियो । अब उनीहरुसहित कंगोका लागि ५६, मालीमा एक सय ३८ र लिबियाका लागि २ सय ३० जनाको फौज जाने तयारीमा छ ।

अहिले मिसनमा जाने तयारीमा रहेका अधिकारीहरुको भिसा लगायतका प्रक्रिया जारी छ । तर, संयुक्त राष्ट्र संघले आफ्नो विमान भने नपठाउने जनाइसकेको छ । नेपाली विमान चाटर्ड गरेर पठाउन भन्दै यूएन मिसनले ‘लेटर अफ एसिस्टेनस’ पठाएको छ । त्यसवापत लाग्ने खर्च भने यूएनले नै व्यहोर्नेछ

प्रतिक्रिया