आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली-प्रचण्डको स्थायी कमिटी बैठक स्थगित, १२ गते पुन: बस्ने

प्रकाशित
749
SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा अध्यक्षद्वयले आफ्नो विचार राखेपछि अन्य एजेन्डामा प्रवेश गर्नेगरी बैठकका एजेन्डा तयार पारिएको थियो । बैठकमा एजेन्डा प्रस्तुत भएपछि शुक्रबार बस्नेगरी बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११:३० बाट सुरू भएको बैठक दिउँसो २:३० बजे स्थगित भएको हो । आजको बैठक सुरुवात मात्र भएकाले अध्यक्षद्वयले आफ्नो विचार राखेको र बैठकमा क्रमश छलफल अघि बढाइने प्रवक्ता श्रेष्ठले बताए।

बैठकको बारेमा जानकारी दिँदै पार्टी प्रवक्ता श्रेष्ठले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तय गरेको एजेन्ड महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको जानकारी दिए । महासचिव पौडेलले बैठकका एजेन्डा सार्वजनिक गर्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका बारेमा धारणा राख्ने बताए ।

‘आज एजेण्डा तय गर्ने र अध्यक्षद्वयले धारणा राख्‍ने काम भयो । अब अर्को बैठकमा असार १२ गते बस्ने र सबै सदस्यहरुले खुलस्त आफ्ना धारणा राख्ने सहमति पछि बैठक सकियो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

त्यस्तै सरकारको कामका बारेमा हुने समीक्षा पनि एजेन्डामा राखिएको जानकारी दिए । सरकारले गरेको काममध्ये कोविड १९ नियन्त्रण रोकथाम र उपचारका क्रममा सरकारले गरेको कामका बारेमा छलफल गर्ने एजेन्डा तय भएको छ ।

त्यस्तै नेपालको सीमा समस्या र समाधानका क्षेत्रमा भइरहेको कामका बारेमा पनि समीक्षा हुने एजेन्डा तय गरिएको छ । त्यस्तै बैठकमा पार्टी एकताका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल हुनेछ । बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसीका विषयमा पनि कुराकानी हुनेछ ।

आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारका कामका बारेमा चर्चा गरेका थिए। ‘उहाँले सरकारले राम्रो काम गरिरहेको छ भन्नुभयो र ती कामको विस्तृतमा व्याख्या गर्नुभयो,’ श्रेष्ठले भने। सम्बोधनका क्रममा अर्का अध्यक्ष प्रचण्डले भने अहिले सरकारका काम प्रभावकारी नभएको र अझै प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याएका थिए।

प्रतिक्रिया