आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोन कहरकाबीच ७.४ रेक्टरको शक्तिशाली भूकम्प, मानिसहरुको भागाभाग

प्रकाशित
1.2K
SHARES

अमेरिका । मेक्सिकोमा मंगलवार शक्तिशाली भूकम्प गएको छ । अमेरिकन भू–गर्भ सर्वेक्षणका अनुसार ७.४ रेक्टरको भूकम्पको धक्का महसूस गरिएको हो । शक्तिशाली भूकम्प गएसँगै अमेरिकी भूगर्भीय सर्वेक्षण युएस नेशनल ओशनिक एण्ड वायुमण्डल प्रशासनले सुनामी आउन सक्ने भन्दै चेतावनी दिएको छ ।

प्रशासनले मेक्सिको, दक्षिणी मेक्सिको, एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरासमा सुनामी आउन सक्ने चेतानवी दिएको हो । मेक्सिको शक्तिशाली भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भूकम्पका कारण भवनहरु हल्लिएका थिए भने हजारौं मानिस आतंकित बनेका थिए । उनीहरूकाे भागाभाग मच्चिएकाे बताइएकाे छ ।

यसैबीच विश्वभर कोरोना कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८७ हजार २५८ पुगेको छ ।हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख ७४ हजार ३०७ जनाको ज्यान गइसकेको छ ।

अहिले सम्म विश्वमा ४९ लाख ३७ हजार १८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् भने त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार पार भएको छ । रुसमा पाँच लाख ९१ हजार बढी व्यक्ति कोरोनाद्वारा संक्रमित छन् । यद्यपि, यहाँ यो महामारीका कारण धेरैको मृत्यु भएको छैन । यहाँ आठ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमित व्यक्तिको संख्याको हिसाबले भारत चौथो स्थानमा छ । भारतमा चार लाख २५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् जबकि यहाँ हालसम्म १३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा तीन लाख ६ हजार बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । यो महामारीले बेलायतमा हालसम्म ४२ हजार ७ सय ३२ व्यक्तिको मृत्यु भएको छ । सोमाबार विश्वभर एक लाख ३७ हजार दुई सय आठ जना नयाँ संक्रमित थपिएका छन् भने तीन हजार ८५८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया