आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मंगलबार एकैदिन थपिए ५३८ संक्रमित, कुन जिल्लामा कति

प्रकाशित
466
SHARES

काठमाडौं । नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १० हजार ९९ पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका एकजना पुरुष, सप्तरीका २ जना पुरुष, सुनसरीका २ जना महिला र एकजना पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा
मोरङका १ जना पुरुष तेह्रथुमका २ जना पुरुष, झापाका ८ जना महिला र एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ जना पुरुष र मोरङका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका एक जना महिला र १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका १२ पुरुष र सप्तरीका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका २ जना महिला, अर्घाखाँचीका २ जना पुरुष, बाग्लुङका एक महिला र ५ पुरुष, बझाङका ३ जना महिला र १६ जना पुरुष, बाजुराका ११ जना महिला र ९ जना पुरुष, डडेल्धुराका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी धादिङका एकजना महिला र १७ जना पुरुष, गोरखाका ६ जना महिला र ७ जना पुरुष, गुल्मीका एकजना महिला र २ जना पुरुष, कैलालीका एकजना महिला र १५ जना पुरुष, कञ्चनपुरका २ महिला र ७ जना पुरुष, कास्कीका ४ महिला र ३ जना पुरुष, नवलपरासी पुर्वका २ महिला र १९ पुरुष, पर्वतका ४ जना महिला र १७ जना पुरुष, प्युठानका ५ जना पुरुष, रौतहटका एकजना महिला र १२ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी रुपन्देहीका एकजना पुरुष, सर्लाहीका २ जना पुरुष, सिराहाका एकजना महिला र ६ जना पुरुष र स्याङ्जाका २ महिला र ७ जना पुरुष, र तनहुका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा धनुषाका ३९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका २ महिला र ३ जना पुरुष, स्याङ्जाका एक महिला र ५ जना पुरुष, बाग्लुङका ८ जना पुरुष, गोरखाका २ महिला र ९ पुरुष, कास्कीका एक पुरुष, लमजुङका एक महिला र ४ जना पुरुष, नवलपरासी पुर्वका एकजना पुरुष, तनहुँका ७ जना पुरुष, स्याङ्जाका एकजना महिला र ६ जना पुरुष र पर्वतका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीषणमा गुल्मीका २ जना पुरुष पाल्पाका ४ जना महिला र ४४ जना पुरुष, रुपन्देहीका २ जना पुरुष, प्युठानका एकजना महिला र ४४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सल्यानका ४ जना पुरुष, सुर्खेतका ८ जना महिला र १५ जना पुरुष, दैलेखका एक महिला र २ जना पुरुष र हुम्लाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालीकोटका एकजना पुरुष, दैलेखका एकजना महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका २ जना महिला र ३ जना पुरुष, बझाङका २ महिला र एकजना पुरुष डडेल्धुराका एक महिला र २ जना पुरुष, कैलालीका ६ जना महिला र १६ जना पुरुष र कञ्चनपुरका ३ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हालसम्म १० हजार ९९ पुगेको छ । नयाँ संक्रमति पुष्टि भएका मध्ये ९० महिला र ४४८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा गौतमले जानकारी दिए ।

गत २४ घण्टामा ४ हजार ९ सय ९५ जनाको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको डा गौतमले बताए । नेपालमा हालसम्म १ लाख ८६ हजार ३६६ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको डा गौतमको भनाइ छ । हालसम्म नेपालका ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

पछिल्लो २४ घण्टामा ७६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ७६ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट घर फर्किएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मंगलबार जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। पछिल्लो पटक ८ महिला र ६८ जना गरी ७६ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म जना २ हजार २ सय २४ उपचारपछि निको भएका छन्।

कोरोनाले ज्यान गुमाउनेको संख्या २४ पुग्यो

नेपालमा मंगलबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दैैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुष, कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला र ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष गरी २३ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया