आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाबिरुद्ध लडीरहेको अमेरिकाले किन गर्यो फेरी यस्तो ठुलो घोषणा, विश्वलाई नै झट्का

प्रकाशित
680
SHARES

काठमाडौँ । चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ बिरुद्ध लडिरहेको अमेरिकाले फेरी अर्को ठुलो घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ व्यक्तिलाई अमेरिकी कामदार भिसामाथि लगाइएको प्रतिबन्धलाई यो वर्षसम्मको अन्त्यसम्म जारी राख्ने बताएका छन् ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारीका अनुसार यसले दक्ष जनशक्तिका लागि एच वान बी भिसा, कम्पनीभित्र कम्पनीलाई ट्रान्सफर गर्ने एल–वान भिसा, शिक्षा क्षेत्र र अनुसन्धान क्षेत्रका लागि प्रदान गरिने जे भिसा र मौसमी कमदारका लागि एच–२ बी भिसालाई प्रभावित पार्नेछ ।

यद्यपि, यो प्रतिबन्धमा खाद्य प्रशोधन क्षेत्रमा काम गर्ने व्यक्तिले भने छुट पाउन सक्छन् । ह्वाइट हाउसका वरिष्ठ अधिकारीले मिडियालाई गोपनियताको शर्तमा दिएको जानकारी अनुसार यो निर्णयले अमेरिकी जनताले कोरोना महामारीपछि छिटो काम पाउन मद्दत गर्नेछ । अधिकारीले भने, ‘राष्ट्रपति ट्रम्पले अमेरिकी जनतालाई जतिसक्दो छिटो काममा फिर्ता गराउन चाहन्छन् ।’

अमेरिकी राष्ट्रपति कार्यालयको अनुमान अनुसार भिसामा प्रतिबन्धका कारण पाँच लाख पच्चिस हजार जागिर अमेरिकी नागरिकका लागि उपलब्ध हुनेछ । यो कोरोना भाइरसको समयमा अमेरिकी बेरोजगारका लागि राहत हुनसक्छ ।

कोरोना भाइरसको संकटको समयमा डोनल्ड ट्रम्पले विदेशी नागरिकको स्थायी निवासको सुविधामा तत्कालीक रुपमा प्रतिबन्ध लगाउने घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।

कोरोनाभाइरसको संकटबाट पार पाउनका लागि अमेरिकी राष्ट्रपतिले हर सम्भव प्रयास गरिरहेका छन् । यद्यपि, विदेशी कर्मचारीमाथि धेरै निर्भर रहन कम्पनीले यो निर्णयको विरोध गर्ने अनुमान गरिएको छ ।

यस्तै यता जापानले घरमै बसेर कोरोना भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको छ । जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने विधिको विकास गरेको हो ।

उक्त परीक्षण विधिबाट २५ मिनेटमै परीक्षण रिपोर्ट प्राप्त हुने जनाइएको छ । जापानी विश्वविद्यालयहरुसँग मिलेर काम गरिरहेको एक मेडिकल फर्मले उक्त परीक्षणको काम गरिरहेको बताइएको छ । यो विधिबाट कुनै पनि मानिसले आफ्नै घरमा बसेर कोरोना परीक्षण गर्न सक्ने र २५ मिनेटपछि नतिजासमेत हेर्न सक्नेछ ।

जापान मात्र होइन, बेलायतमा पनि यो खालको विधिको परीक्षण भैरहेको छ । बीबीसीमा उल्लेख भएअनुसार, यो परीक्षण सफल बनाउनका लागि १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु खटिइरहेका छन् ।

विश्वभर कोरोना कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८७ हजार २५८ पुगेको छ ।

हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख ७४ हजार ३०७ जनाको ज्यान गइसकेको छ । अहिले सम्म विश्वमा ४९ लाख ३७ हजार १८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् भने त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार पार भएको छ । रुसमा पाँच लाख ९१ हजार बढी व्यक्ति कोरोनाद्वारा संक्रमित छन् । यद्यपि, यहाँ यो महामारीका कारण धेरैको मृत्यु भएको छैन । यहाँ आठ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमित व्यक्तिको संख्याको हिसाबले भारत चौथो स्थानमा छ । भारतमा चार लाख २५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् जबकि यहाँ हालसम्म १३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा तीन लाख ६ हजार बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । यो महामारीले बेलायतमा हालसम्म ४२ हजार ७ सय ३२ व्यक्तिको मृत्यु भएको छ । सोमाबार विश्वभर एक लाख ३७ हजार दुई सय आठ जना नयाँ संक्रमित थपिएका छन् भने तीन हजार ८५८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया