आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सोमबार बिहानै थपिए ४१ जना कोरोना संक्रमित देशभर कहाँ कति ?

प्रकाशित
468
SHARES

काठमाडौं । सोमबार बिहानै ३३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर विभिन्न जिल्लामा परिक्षणका क्रममा कोरोना पुष्टि हुनेको संख्या ३३ पुगेको हो । चितवनमा ५ जना कोरोना संक्रमित फेला परेका छन् । माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ जानका मा कोरोना देखिको हो । परीक्षणमा माडी नगरपालिका वडा नं. २, ५, ६ र ८ मा एक–एक जना संक्रमित फेला परेका छन् । उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु हुन् । भरतपुर महानगरपालिकाको वडा नं. २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । अहिलेसम्म चितवनमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पूर्वी नवलपरासीका थप १६ जनामा कोरोना पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । यससँगै सोमबार विहानमात्रै नवलपुरमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २४ पुगेको छ ।

यसअघि सोमबार बिहान नै गण्डकी प्रदेशको क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको थियो । चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका बुलिङ्टारका १४ जना संक्रमित सबै पुरुषहरु हुन् । उनीहरु १८ देखि ४० वर्ष उमेर समूहका छन् । यस्तै गैंडाकोट नगरपालिका ३५ वर्षीय पुरुष र २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यस्तै उता गण्डकी प्रदेशको  स्याङ्जामा १२ जना कोरोना संक्रमित थपिएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ वर्षका बालक एक जना र सात वर्षका बालक तीन जनासमेत छन् । यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र १८ वर्षका दुई जना युवामा पनि कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ ।  सबै जना सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका र सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै उता प्रदेश नम्बर ५ मा पनि सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ हजार ४ सय ३९ पुगेको छ । प्रदेश ५ मा थप १ सय ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । हालसम्म प्रदेशको अर्घाखाँची जिल्लामा सबैभन्दा धेरै ६५ जनामा कोरोना संक्रमण देखिएको छ । अर्घाखाँचीपछि कपिलवस्तुमा २५ नवलपरासी पश्चिममा २१ र प्युठानमा २० जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी गुल्मीका ५, पाल्पाका २, रूपन्देहीका १, बाँकेका १, बर्दियाका ३ र रोल्पाका ३ जनामा पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको तथ्यांक अनुसार प्रदेश ५ का १२ जिल्लामध्ये कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै ७०३, बाँकेमा ३४२, दाङमा २६०, रूपन्देहीमा २५०, अर्घाखाँचीमा २३९, गुल्मीमा १८०, बर्दियामा १५४, प्युठानमा १०१, पाल्पामा ७९, नवलपरासी पश्चिममा ७३, रोल्पामा ४४ र रूकुम पूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ मा कोरोना भाइरस संक्रमणका कारण १० जनाको मृत्यु भएको र ९ सय ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशका चारवटा कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा समेत गरी १२ सय १८ जना उपचाररत छन् । तीमध्ये ७ जना आईसीयूमा छन्

प्रतिक्रिया