आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले गर्यो यस्तो अपिल

प्रकाशित
748
SHARES

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढीरहेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताए । उनले भने, ‘हामीले याद गर्नुपर्ने के हो भने महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौं । तसर्थ हामी अलि होसियार हुनु जरुरी छ ।’

लकडाउन खुकुलो भएसँगै कार्यालयहरू सञ्चालनमा आएको तथा मानिसहरूको एक आपसमा भेटघाट बढेको भन्दै उनले सबै आफ्नो तर्फबाट सर्तक हुनु जरुरी रहेको बताए ।

संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आफ्नो जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्नेमा उनले जोड दिए । मानिसहरूको भिडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुन पानीले हात धुन आग्रह गरे ।

डब्ल्यूएचओका भ्यान्डेलरले भनेका छन्, ‘भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अर्को उपाय भनेको हामीले नियमहरू पलना गर्नु हो ।’

यस्तै कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् ।सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३० हजार २५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ३८ हजार ८०९ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ३३८ छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार ६०४ पुगेको छ ।  विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४८ लाख ३४ हजार १३९ पुगेको छ भने ३७ लाख ३५ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ८७ हजार ६२६ जनाको मृत्यु भएको छ । २३ लाख १० हजार ९६१ जना संक्रमित भएकोमा १२ लाख ५८ हजार ३८५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५३ हजार ९४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ लाख २९ हजार २०५ पुगेको छ । त्यसमध्ये १२ लाख १७ हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४८ हजार २५६ जनाको मृत्यु भएको छ । १९ लाख ८२४ जना संक्रमित भएकोमा १२ लाख ४ हजार २९२ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ७१ हजार ४९१ जनाको मृत्यु भएको छ । १७ लाख ७८ हजार ८६५ संक्रमित भएकोमा ९ लाख ५९ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ८ हजार १४८ जनाको ज्यान गएको छ भने ३ लाख ९ हजार १५३ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४८ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ७९ जना संक्रमित भएकोमा ८ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया