आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना महामारीलाई लिएर विश्वमा बन्यो फेरी अर्को नयाँ रेर्कड

प्रकाशित
872
SHARES

काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस कोभिड-१९ ले नयाँ रेर्कड बनाएको छ । बितेको २४ घण्टाभित्र विश्वमा एक लाख ८३ हजार जना कोरोना संक्रमित फेला परेका छन् । यसअघि एकैदिन यति धेरै संख्यामा थप संक्रमित भेटिएका थिएनन । हिजो फेला परेका कोरोना संक्रमितको संख्याले अहिलेसम्मकै रेकर्ड तोडेको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले एकैदिनमा अहिलेसम्मकै सर्वाधिक संक्रमणका नयाँ रेर्कड पुष्टि गरेको छ । हिजो भेटिएका एक लाख ८३ हजार संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी उत्तर र दक्षिण अमेरिकाकै छन् । यी दुई महादेशका विभिन्न मुलुकहरुले लकडाउन खुकुलो बनाउँदै गर्दा निकै ठूलो संख्यामा संक्रमित भेटिएका हुन् ।

अहिलेसम्म विश्वभर ८९ लाख २८ हजार ६५२ जना संक्रमित छन् । यीमध्ये चार लाख ६७ हजार ६७१ जनाको ज्यान गइसकेको छ । अमेरिकामा मात्रै अहिलेसम्म एक लाख १९ हजार ९७९ जना संक्रमितले ज्यान गुमाएका छन् । त्यहाँ हालसम्म २२ लाख ७९ हजार ८७५ जनामा संक्रमण भइसकेको छ ।

अमेरिकापछि ब्राजिल कोरोना महामारीको चपेटामा सबैभन्दा बढी प्रभावित छ । त्यहाँ अहिलेसम्म १० लाख ८३ हजार ३४१ जनामा संक्रमित भेटिएका छन् भने ५० हजार ५९१ जनाको मृत्यु भएको छ । ब्राजिलमा मात्रै पछिल्लो एकैदिन ५४ हजार नयाँ संक्रमित भेटिए । संक्रमण र मानवीय क्षतिको संख्याका हिसाबले पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल यथावत् छन् ।

त्यस्तै विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४८ लाख ३४ हजार १३९ पुगेको छ भने ३७ लाख ३५ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ८७ हजार ६२६ जनाको मृत्यु भएको छ । २३ लाख १० हजार ९६१ जना संक्रमित भएकोमा १२ लाख ५८ हजार ३८५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५३ हजार ९४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ लाख २९ हजार २०५ पुगेको छ । त्यसमध्ये १२ लाख १७ हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४८ हजार २५६ जनाको मृत्यु भएको छ । १९ लाख ८२४ जना संक्रमित भएकोमा १२ लाख ४ हजार २९२ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ७१ हजार ४९१ जनाको मृत्यु भएको छ । १७ लाख ७८ हजार ८६५ संक्रमित भएकोमा ९ लाख ५९ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ८ हजार १४८ जनाको ज्यान गएको छ भने ३ लाख ९ हजार १५३ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४८ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ७९ जना संक्रमित भएकोमा ८ हजार ४८५ जना संक्रमणमुक्त भएका छन्

प्रतिक्रिया