आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विदेशबाट उद्वारगरि ल्याइएकाहरुलाई बोकेर धनगढी जादै गरेको बस दुर्घटना, केछ अवस्था ?

प्रकाशित
825
SHARES

काठमाडाैं । विदेशबाट उद्वारगरि ल्याइएकाहरुलाई बोकेर धनगढी जादै गरेको बस दुर्घटनामा परेको छ । काठमाडौंबाट धनगढीका लागि छुटेको बा ५ ख ८०७० नम्बरको बस नवलपरासीको चोरमारामा दुर्घटनामा परेको हो ।

तीव गतिका कारण उक्त दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् । उक्त बसमा दुवई, कतार र साउँदी अरबबाट आएका १८ जना सुदूरपश्चिम फर्किरहेका थिए । थप विवरण आउन बाँकि छ ।

यसैबीच लकडाउनका वेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले नेपालगञ्ज र झापाबाट आएको तीन वटा गाडीलाई नियन्त्रणमा लिएसँगै सार्वजनिक यातायात चलाइन थालिएको खुलेको हो ।

थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार पासविना कोरोनाको परीक्षण समेत नभएका व्यक्तिलाई महँगोमा ओसारेको अभियोगमा तीन जना सवारी चालकविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । उनले भने, ‘संक्रामक रोग ऐन, २०२० अन्तरगत तीनै जनामाथि कारबाही हुन्छ ।’

श्रेष्ठका अनुसार आइतबार बाँकेको नेपालगञ्ज–६ घर भएका राहुल डबरगर, सनुसरीका राकेश शाक्य, बाँकेका रुद्रबहादुर खत्रीवरिद्ध मुद्दा चल्ने भएको हो । डबगरले नेपालगञ्जबाट बा ४ ख ४५८० नम्बरको हाइस गाडीमा ८ जना यात्रु बोकेर काठमाडौंसम्म ल्याएका थिए भने शाक्यले १९ जना यात्रुलाई ना ५ ख ५८३४ नम्बरको यात्रुवहाक बसमा काठमाडौं ल्याएका थिए ।

खत्री १५ जना यात्रु लिएर नेपालगञ्जबाट ना ७ ख ७३९५ नम्बरको यात्रुवाहक बसमा काठमाडौं आएका थिए । उक्त सवारी साधनमा सवार ४२ जना यात्रुलाई किर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनको लागि पठाइएको श्रेष्ठले बताए ।

विदेशमा अलपत्र ६ सय ८१ नेपाली आज स्वदेश फर्किँदै, कुन देशबाट कति (सूचीसहित)

कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका ६८१ नेपाली आज स्वदेश फिर्ता हुने भएका छन् । भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बहराइनबाट १ सय ५० जनालाई लिएर नेपाल एयरलाईन्सको उडानबाट बिहान ८ बजेर १० मिनेटमा आउने छ ।

दिउँसो पौने दुई बजे पाकिस्तानबाट ७५ जनालाई लिएर हिमालयन एयरलाईनसको विमान आउने छ । त्यस्तै माल्दिभसमा रहेका १ सय ५६ जनालाई लिएर हिमालयन एअरलाईन्सकै विमान आउँदै छ ।

एयर अरेवियाको विमानबाट संयुक्त अरब ईमिरेट्स (यूएई)बाट १ सय ५० नेपाली स्वदेश फर्किनेछन् । यसैगरी कुवेतबाट जजीरा एयरको विमानले १ सय ५० जनालाई नेपाल ल्याउने तालिका रहेको छ ।

सरकारले प्राथमिकताको सूचीमा परेका नेपालीहरुको उद्दार जारी राखेको छ । नेपाल फर्किनेहरुको कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएकाहरुलाई मात्र स्वदेश फर्काइने छ ।

प्रतिक्रिया