आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको ९० हजार नाघ्यो

प्रकाशित
1.2K
SHARES

काठमाडौं । नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो ।

आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार छापावाला सुनको भाउ तोलामा ८९ हजार ९ सय र तेजाबी ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारकालागि महासंघले चाँदीको भाउ भने ९४० रुपैयाँ तोकेको छ ।

चाँदीको भाउ शुक्रबारको तुलनामा १० रुपैयाँ तोलामा बृद्धि भएको हो ।

बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने अभिव्यक्ति दिए । यसैबीच नेपाली बजारमा बेसारको औषत प्रतिकिलो मूल्य तीन सय रुपैयाँ छ । थोकमा बेसारको मूल्य गुणस्तर हेरेर दुई ५० देखि २७५ रुपैयाँसम्म पर्न जाने नेपाल खुद्रा व्यावसायी महासंघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

नेपाली कृषकले नै फलाएको बेसारको बजार हिस्सा धेरै भएको श्रेष्ठको भनाई छ । भारत तथा म्यानमार लगायतका मुलुकबाट चानाको रुपमा बेसार नेपाल भित्रिने गरेको उनले बताए । चालु आवको १० महिनामा मात्रै ७९ हजार किलो बेसारजन्य पदार्थ म्यानमारबाट नेपालमा भित्रिएको छ ।

नेपालमा कपुरकोट हलेदो र कपुरकोट हलेदो दुई नामको बेसार खेती गरिन्छ । कृषि व्यषिव्यस्थापन सूचना प्रणालीले केही वर्ष अगाडि गरेको अध्ययन अनुसार नेपालमा रोपाइँ गरेको ९ महिनापछि बेसारको फसल प्रयोग योग्य रहन्छ । नेपालको हावापानी अनुसार औषत एक रोपनीमा दुई देखि साढे दुई मेटिक टन काँचो बेसार उत्पादन गर्न सकिने अध्ययनमा देखिएको छ ।

नेपालमा बेसार मात्रै कति उत्पादन हुन्छ भन्ने यकिन अध्ययन नभएपनि बेसार लगायतको मसला बालीको उत्पादन आव ७५ ७६ को तुलनामा ९.५ प्रतिशतले बृद्धि भएर ५ लाख ५० हजार २८१ मेट्रिक टन पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालले जनाएको छ ।

नेपालमा अलैँची, अदूवा, बेसार र खुर्सानी लगायतको मसलाबालीको खेती ७० हजार ३ सय ७१ हेक्टरमा हुने मन्त्रालयको तथ्यांक छ । मसला बालीको प्रतिहेक्टर उत्पादन ७.८ मेट्रिक टन रहने अनुमान छ ।

दश महिनामा २८ करोडको बेसारजन्य वस्तु आयात

नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ । भन्सार विभागले दिएको विवरणअनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, यस्तै तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको १८ लाख ४९ हजार ८७ किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।

व्यापार तथा निकासी प्रर्वधन केन्द्रको तथ्याकंअनुसार पछिल्लो आर्थिक वर्षसम्म नेपालमा ६ करोड ४७ लाख रुपैयाँ भन्दा धेरैको काचो बेसार नेपाल भित्रिएको थियो ।

यूरोप र पश्चिम एशियामा बेसारको माग बढ्यो

कोरोना भाईरस डरले बेसार प्रयोग बढेसंगै भारतबाट पूरोप र पश्चिम एशियामा हुने निर्यातमा उछाल भएको छ । श्वास प्रश्वास प्रणाली स्वस्थ राख्नका लागि बेसारको धुलो तातो दूधमा मिसाएर सेवन गर्ने संख्या बढेको गत मार्चमै इकोनोमिक्स टाइम्सले लेखेको थियो ।

सामान्य अवस्थाको तुलनामा ती स्थानमा भारतबाट निर्यात हुने तरकारी तथा मसलाको माग १५ प्रतिशतले बढ्दा बेसारको कच्चा पदार्थको मात्रै माग तीन सय प्रतिशतले बढेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया