आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारत-चीन सिमा विवादबारे बोले विप्लव, गोर्खा सैनिकलाई चीनविरुद्ध लड्न नपठाउन चेतावनी

प्रकाशित
0.9K
SHARES

काठमाडौँ । बि’द्रो’ही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चीन भारत सिमा विवादलाई लिएर  सार्बजनिक गरेका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले नेपाली दाजुभाइहरु भएको गोर्खा सैनिकलाई चीन बिरुद्ध लड्न नपठाउन भारतलाई चे’ता’वनी पनि दिएका छन्।

उनले भारतीय सरकारले नेपालीहरुको फौजलाई कहिले पाक्स्तानका बिरुद्ध त् कहिले चीनका बिरुद्ध लड्न पठाउने गरेको भन्दै अङ्ग्रेज साम्राज्यवादकालीन गोर्खा भर्तीकेन्द्र खारेजीको माग समेत गरेका छन् । विप्लवले पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएको बताउँदै उक्त गोर्खा भर्तीकेन्द्र खारेज गर्न माग गर्नुका साथै नेपाली युवालाई चीनविरुद्ध लड्न नपठाउन आग्रह गरेका हुन् ।

सीमा विवादको विषयलाई लिएर हालै चीन र भारतबीच तनाव देखिएको अवस्थामा भारतले सीमा क्षेत्रमा गोर्खा रेजिमेन्टलाई तैनाथ गराउने तयारी गरिरहेको अवस्थामा विप्लवले दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्काका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित नभएको उल्लेख गरेका छन् ।

साथै सीमा क्षेत्रमा गोर्खा रेजिमेन्ट खटाउने कुरा याे असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तका विरुद्ध पनि भएको भन्दै महासचिव विप्लवले उक्त कदम समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको पनि उल्लेख गरेका छन् ।

यस्तै महासचिव विप्लवले देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई यथाशीघ्र खारेज गर्न र युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न राज्यसँग माग पनि गरेका छन् । उनले नेपाली युवाहरू कार्यरत गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरेका छन् । उनले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल समेत गरेका छन् ।

प्रतिक्रिया