आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली-प्रचण्डलाई झट्का, हाइकमाण्ड बैठकको निर्णयविरूद्ध नेता कार्यकर्ता बिरोधमा उत्रिए

प्रकाशित
1.6K
SHARES

काठमाडाैं । नेपाली पुरूषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने गरी सत्तारूढ नेकपाले गरेको निर्णयलाई लिएर प्रदेश नम्बर २ को प्रदेश सभामा विरोध भएको छ।

शनिबार बसेको नेकपा सचिवालय बैठकले विवाह गरी आएको सात वर्षपछि र विदेशमा रहेको नागरिकता त्याग गरेको प्रक्रिया सुरू गरेको प्रमाणित भएपछि अंगिकृत नागरिकता दिन उपर्युक्त हुने निर्णय गरेको थियो। प्रदेश २ मा नेकपाबाहेक दलका सांसदले उक्त निर्णयको विरोध गरेका हुन्।

प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य रानी शर्मा तिवारी यस्तो निर्णय कार्यान्वयनमा आएमा महिलाहरू अधिकारबाट झन् बञ्चित रहने बताइन्। अर्की प्रदेशसभा सदस्य चमेली देवी दासले यो निर्णय नसच्चिए प्रदेश दुईका महिलाहरु आन्दोलन गर्न बाध्य हुने बताइन्।

प्रदेशसभा सदस्य, जनता समाजवादीका सांसद मनिष सुमनले मधेशी समुदाय लक्षित गरेर यस्तो निर्णयमा कुनै पार्टी पुग्नु दु:खद रहेको बताए। उक्त व्यवस्था लागू भएमा भारतसँग साँस्कृतिक सम्बन्ध बिग्रन सक्ने उनको भनाइ छ। अर्का प्रदेशसभा सदस्य, नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले २०६३ को अन्तरिम संविधानको मर्मविपरीत गरिएको निर्णय खेदपूर्ण रहेको बताए।

‘भारतमा आधार कार्ड, रासन कार्डबाटै धेरै अधिकार प्राप्त गर्न सकिन्छ,’ उनले भने, ‘विहे गरेर आएकी महिलाले नागरिकता नलिँदै श्रीमानको निधन भएमा के गर्ने?’ उनले अन्तरिम संविधानमा व्यवस्था भएकैजस्तो वैवाहिक अंगिकृत नागरिकताको व्यवस्था लागू गर्नुपर्ने बताए।

नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ। बालुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘आजको बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको कतिपय प्रावधानहरूको बारेमा छलफल भयो,’ श्रेष्ठले भने, ‘जसअनुसार नेपाली पुरूष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगिकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालियो। नेपाली नागरिक पुरूषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि, आफ्नो विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता पाउनु उपर्युक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ।’

विदेशी महिलाले नागरिकता त्याग गरेको प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि अंगिकृत नागरिकता दिन सकिने नेकपाको भनाइ छ। ‘सामाजिक, साँस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेर आएको दिनदेखि नै प्राप्त गर्न सक्ने गरी उहाँहरूलाई आवासीय परिचयपत्र प्रदान गरिनेछ,’ श्रेष्ठले भने।

प्रतिक्रिया