आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सरिता गिरीलाई झट्का, मुद्दा परेपछि प्रहरीले थाल्यो अनुसन्धान

प्रकाशित
803
SHARES

काठमाडाैं । समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ। शुक्रबार चार जना अधिवक्ताले सांसद गिरीविरूद्ध नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै टेकुमा उजुरी दिएका हुन्। ‍

‘परिसरमा राज्यविरूद्धको अपराधमा उजुरी परेको छ। राष्ट्रविरूद्ध अभिव्यक्ति दिएको भन्दै केही अभिवक्ताहरूले उजुरी हाल्नु भएको हो,’ परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए। उजुरी परेसँगै अनुसन्धान थालिसकिएको पनि उनले बताए। ‍आवश्यक परे उनलाई पक्राउ गर्ने तयारीसहित प्रहरीले अनुसन्धान थालेको हो ।

पछिल्लो समय कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन प्रस्ताव हालेकी थिइन्। उक्त क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुग्ने गिरीको जिकिर थियो। तर प्रतिनिधि सभाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो। अस्वीकृत भएसँगै उनले संसदबाट बाहिरिएर पत्रकारहरूसँग आफ्ना अभिव्यक्ति दिएकी थिइन्।

‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार जाँच गर्नु भएन भने, नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो,’ गिरीले भनेकी थिइन्, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई ब’ला’त्कार गर्‍यो। महिलाहरूले देश निर्माण गर्नुभयो।’

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट रोकिदा अनियमितता बढेको भन्दै खुला गर्न सुझाव दिएको छ । भूमि व्यवस्था मन्त्रालयले कृषियोग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने नाममा गरेको जग्गा रोक्काको निर्णयका कारण सर्वसाधारणले हैरानी पाउने गरेको आयोगले ठहर गरेको छ ।
जग्गा कित्ताकाटको सन्दर्भमा सर्वोच्च अदालतको २०७४ फागुन २ गतेको आदेश समेत पूर्ण कार्यान्वयन नभएको आयोगले उल्लेख गरेको छ ।

‘मन्त्रालयबाट जग्गाको कित्ताकाट रोक्का गरी खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धमा भए गरेका निर्णयहरूमा आवश्यक पुनरावलोकन गरी कित्ताकाट खुल्ला गर्नेतर्फ आवश्यक व्यवस्था मिलाउने’ अख्यितारद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

स्रोतका अनुसार प्रति तीन आना जग्गा कित्ताकाट गरेबापत पाँच लाख घुस तिर्नुपरेको उजुरी परेपछि अख्तियारले यस्तो सुझाव दिएको हो । जबकी कित्ताकाट खुल्ला हुँदा सर्वसाधारणले पाँच दश हजार रुपैयाँमै कित्ताकाटको काम सम्पन्न गर्ने गरेका थिए ।

सर्वसाधारणको पुर्ख्यौली घरजग्गा बिक्री वितरण गर्नका लागि समेत कित्ताकाट रोक्का रहेको बहाना बनाएर हैरानी दिने तथा नियमानुसार कित्ताकाट गर्न मिल्ने जग्गामा पनि आर्थिक अनियमितता हुने गरेको देखिएको आयोगको निष्कर्ष छ

प्रतिक्रिया