आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनबाट धक्का खाएकै बेला भारतले नेपालसँग फेरि देखायो यस्तो लज्जास्पद हर्कत, चौतर्फी बिरोध सुरु

प्रकाशित
2.6K
SHARES

काठमाडाैं । सिमानामा बढी नै दादागिरी देखाउन खोजेपछि ३ दिनअघि मात्रै भारतले चीनबाट ठुलो धक्का खाएको छ । चिनियाँ जनमुक्ति सेनासँग निहुँ खोजेपछि २० भारतीय सैनिकको ज्यान गयो भने १८ अझै घाइते छन् । यहि बेला भारतले फेरी नेपालमा अघोसित नाकाबन्दी गरेको छ ।

भारतले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुहरूमा रोक लगाएको छ। लकडाउन सुरू भएदेखि नै औपचारिक रूपमै उक्त नाकाबाट निर्यातमा रोक लगाइएको थियो तर बीचमा सहमतिमा व्यवसायीहरूले निर्यात गरिरहेका थिए।

बिहीबार नेपालबाट भारत तथा बंगलादेशका लागि हिँडेका चिया, अलैंची र अम्रीसोका निर्यात रोक्दा ट्रकहरू मेची पुलमा रोकिएका छन्। ‘यहाँबाट जाने सम्पूर्ण सामग्रीहरू रोकिएका छन्, जान दिइएको छैन। करिब २५ वटा ट्रकहरू मेचीको पुलमै रोकिएका छन्,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने।

निर्यातमा रोक लगाइए पनि आयात भने भइरहेको उनले जानकारी दिए। लकडाउनपछि पश्चिम बंगाल सरकारले नेपालबाट जाने वस्तुहरूमा रोक लगाएको थियो। लकडाउन अलि खुकुलो भएसँगै अनुमति दिने आशमा गएका ट्रकलाई रोकिएको हो।

निर्यात सहजीकरणको लागि भारतको पश्चिम बंगाल सरकारसँग छलफल भइरहेको दाहालले बताए। उक्त नाकाबाट विषेशगरि कृषिजन्य वस्तुहरूको आयात हुने गरेको छ। भारतीय यस्तो लज्जास्पद हर्कतको नेपालमा व्यापक बिरोध सुरु भएको छ ।

यता नेपाल सरकारले भने मरिच आयातमा लागाएको प्रतिबन्ध शसर्त खुकुलो गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद बैठकले औद्योगिक प्रयोजनका लागि मरिच आयात गर्न दिने निर्णय गरेको हो ।

गत चैत २४ गते सरकारले राजपत्रमा सूचना निकालेर सबै प्रकारको मरिचको आयात रोक्ने निर्णय गरेको थियो । कोरोनाका कारण अर्थतन्त्रमा असर पर्ने भन्दै सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयातमा सरकारले रोक लगाएको थियो ।

तर, मरिचमा प्रतिबन्ध लगाउँदा केही उद्योगहरु प्रभावित भएको गुनासोपछि उद्योग मन्त्रालयको सिफरिसमा मरिचको आयात फुकुवा गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकपटकमा एक हजार पाँच टन मात्रै मरिच उद्योग विभागको सिफारिसमा आयात गर्न पाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

त्यस्तैमुख्य चाड पर्वमा अभाव हुन नदिन सरकारले चिनी आयत गर्ने भएको छ । बजारमा चिनीको उपलब्धता र आवश्यकता अध्ययनपछि चिनी खरिद गर्न अर्थमन्त्रालयसँग सहमति मागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

‘कति चिनी आयात गर्ने भन्ने स्पष्ट भइसकेको छैन तर अपुग चिनी ल्याउनका लागि अर्थसँग सहमति मागिएको छ,’ मन्त्रालयका साहयक प्रवक्ता एवं सूचना अधिकारी उर्मिला केसीले भनिन् । भन्सार छुटमा चिनी ल्याउनका लागि अर्थमन्त्रालयबाट स्वीकृति पाए दशैंअघि नै सरकारले ल्याउने चिनी बजारमा आइपुग्ने मन्त्रालयको विश्वास छ ।

प्रस्ताव स्वीकृत भएर आएपछि मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्ने र त्यसमा मन्त्रिपरिषदको स्वीकृतिपछि खाद्य तथा व्यपार कम्पनी र साल्ट ट्रेडिङले चिनी आयात अघि बढाउने मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेको न्युनतम बजार मूल्यममा बिक्री गर्न सकिने गरी चिनी आयात हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयमा निजी क्षेत्रले बुझाएको विवरणअनुसार चालु आवमा १ करोड ९४ लाख क्विन्टल उखुबाट करिब १ लाख ६० हजार टन चिनी उत्पादन भएको छ । तर चिनीको वाषिर्क माग २ लाख ५० हजार टन हाराहारी रहेको मानिन्छ ।

लकडाउनका नभएको भए एक लाख टन नै चिनी आयात गर्नुपर्ने अवस्था रहेपनि हाललाई अघिल्लो वर्षकै परिमाण करिब ५० हजार मेटिक टन चिनी ल्याउने तयारी रहेको मन्त्रालयले जनाएको छ । सरकारी स्वमित्वको कम्पनी साल्ट ट्रेडिङसँग करिब २ हजार र निजी क्षेत्रसँग करिब ३६ हजार मेटि्रक टनमात्रै चिनी मौज्दात रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया