आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली सरकारले गर्यो अहिलेसम्मकै कडा निर्णय, राति १० बजेदेखि लागु हुने

प्रकाशित
1.2K
SHARES

काठमाडौँ।  सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।

मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोरोना संक्रमण विरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूर्ण रुपमा पालना गराउन पनि भनिएको छ । यसका लागि सुरक्षा निकाय, सेवा प्रदायक, सेवाग्राहीको जिम्मेवारी, नागरिकको दायित्वसमेत उल्लेख गरेर मापदण्ड तय गरिएको छ ।

जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्दै यसलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड जारी गर्न गृहलाई निर्देशन दिएको थियो । सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ । तर राति फिल्डमा खटिएका सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि सुरक्षा जाँचमा थप कडाई गर्न पनि निर्देशन दिइएको छ ।

मापदण्ड उल्लंघन गर्नेमाथि अत्यावश्यक सेवा ऐन २०१४, संक्रमक रोक रोकथाम तथा नियन्त्रण ऐन २०२०, मुलुकी अपराध संहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ र सरकारले जारी गरेका अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्न पनि निर्देशन दिइएको छ । यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान पनि सुरक्षा मापदण्डमा समेटिएको छ ।

कार्यस्थल, सार्वजनिकस्थल तथा अन्य काममा बाहिर निस्कँदा कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्न र नियम पालना गरे/नगरेको अनुगमन गर्न पनि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । यस्तै मालसामान ढुवानी गर्दा चालक र सहचालक बाहेक कसैलाई पनि बोक्न नपाइने व्यवस्था ल्याइएको छ । उद्योग/कलकारखानालगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन ।

गृह मन्त्रालयले जिल्लाको स्थिति हेरेर हरेक जिल्ला प्रशासन कार्यालयले सुरक्षा मापदण्ड/लकडाउन मोडालिटी बनाउन सक्ने छन् चैत ११ गतेबाट लगाइएको लकडाउन मोडालिटी जेठ ३२ सम्म देशभर एकै किसिमको थियो ।

यसैबीच सरकारले औद्योगिक उत्पादनका लागि उद्योगहरुलाई मरिच आयत गर्न दिने भएको छ । असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारले औद्योगिक कच्चा पदार्थको रुपमा मरिच आयत गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

मरिचलाई औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगहरुलाई मरिच नुहँदा सञ्चालन गर्न समस्या भएकाले ती उद्योगहरुको क्षमता र उत्पादनको आधारमा उद्योग विभागको सिफारिस गरेको परिणाम आयत गर्न दिने मन्त्री खतिवडाले बताए । अन्य प्रयोजनका लागि सरकारले मरिच आयतमा रोक लगाएको छ । यस्तै, सरकारले छोकडा र मटर/केराउ आयतमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ ।

शुक्रबार एकैदिन थपिए ४२६ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)

नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार २७४पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा झापाका एकजना महिला, मोरङकी एकजना महिला र एकजना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका एक महिला र १० जना पुरुष, सप्तरीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका एक महिला र ६ जना पुरुष, बाग्लुङका २ महिला र १६ पुरुष, बैतडीका ७ जना महिला र ५६ जना पुरुष, बझाङका एक महिला र २ जना पुरुष, बाजुराका ८ जना पुरुष, डडेल्धुराका ९ जना पुरुष र धादिङकी एकजना महिला, डोटीका ३ महिला र १२ पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यसैगरी गोरखाका एक महिला र १० जना पुरुष, कैलालीका १३ महिला र ३३ पुरुष, कास्कीका एक महिला र एक पुरुष, काठमाडौंका २ महिला र एक पुरुष, मकवानपुरका ३ महिला, मोरङका एक महिला, म्याग्दीका एकजना पुरुष, नवलपरासी पुर्वका २ जना पुरुष, सिन्धुपाल्चोकका १० जना महिला र ११ जना पुरुष, तनहुँका ३ महिला र १६ पुरुष, पर्वतका ३ महिला र २ पुरुष, उदयपुरका २ महिला, सिन्धुलीकी एक महिला र चितवनकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार किटजन्य रोग तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरकी एक महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा बैतडीको एक महिला र ४ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जाका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा कास्कीका २ महिला र ४ पुरुष, नवलपरासी पुर्वका २ महिला, स्याङ्जाका एक पुरुष र बाग्लुङका २ महिला र ६ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना पुरुष, स्याङ्जाका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र ४ पुरुष, गुल्मीका १६ महिला र ७८ पुरुष, कपिलवस्तुका ४ पुरुष, नवलपरासी पश्चिमका एकजना पुरुष र रुपन्देहीका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, कैलालीका २ महिला र एक पुरुष, कंचनपुरका एक महिला र १९ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ४०२ निको भए

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४०२पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया