आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

घृणा फैलाएको भन्दै फेसबुकले हटायो ट्रम्पको चुनावसँग सम्बन्धित पोष्ट

प्रकाशित
1.2K
SHARES

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचारको एउटा पोस्ट हटाएको छ । नाजी जर्मनीमा प्रयोग हुने संकेत भएको ट्रम्पको चुनावी प्रचार फेसबुकले हटाएको हो । उक्त प्रचार सामग्रीले घृणा फैलाउन खोजेकाले हटाइएको फेसबुकले प्रष्ट्याएको छ ।

ट्रम्पको चुनावी अभियानको विज्ञापनमा प्रयोग भएको रातो त्रिकोण नाजीले कम्युनिष्टसहितका आफ्ना विपक्षीलाई इंगिद गर्न प्रयोग गर्ने संकेतसँग मिलेको फेसबुकले जनाएको छ । तर ट्रम्पको चुनावी अभियानका पक्षधरहरूले भने फार लेफ्ट एक्टिभिस्ट ग्रुप एनटिफालाई संकेत गर्न सो त्रिकोण प्रयोग गरेको दाबी गरेको छ ।

 

यसैबीच साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ६१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ६९६ जना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म १ लाख २० हजार ६१५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६७४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । कुल संक्रमितमध्ये ९ लाख २९ हजार ३२२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १२ लाख ११ हजार ४८६ जनामध्ये १६ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ ।

साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४० हजार ३२३ जना संक्रमित भएका छन् ।

योसँगै संक्रमितको संख्या ८५ लाख ७० हजार १७९ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १२६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार ५७८ पुगेको छ । ३६ लाख ५ हजार ३४६ जनाको उपचार भइरहेको छ भने ४५ लाख ९ हजार २५५ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८५ हजार २३५ जनाको मृत्यु भएको छ । २२ लाख ६८ हजार १३६ जना संक्रमित भएकोमा १२ लाख १९ हजार १३३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५० हजार ३७१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख १० हजार १३० पुगेको छ । त्यसमध्ये ११ लाख ५१ हजार १८० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४५ हजार ४५५ जनाको मृत्यु भएको छ । १७ लाख ७५ हजार ३०२ जना संक्रमित भएकोमा ११ लाख १४ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ६६ हजार ९२४ जनाको मृत्यु भएको छ । १६ लाख २८ हजार १५६ जना संक्रमित भएकोमा ८ लाख ८६ हजार ३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार ४५० जनाको ज्यान गएको छ भने २ लाख ७८ हजार ६७७ संक्रमित छन् । संक्रमितमध्ये १ लाख २८ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५ जना संक्रमित भएकोमा ८ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया