आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नक्सासम्बन्धी संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

प्रकाशित
1.1K
SHARES

काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । केहीबेरअघि सम्पन्न भएको मतदानमा राष्ट्रियसभाका ५८ सदस्यमध्ये आजको बैठकमा उपस्थित भएका सबै ५७ जना सांसदहरुले विधेयकको पक्षमा मतदान गरेका छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा अहिले एक पद रिक्त रहेको छ भने अध्यक्ष गणेश तिमिल्सिना मत विभाजनमा सहभागी भएनन् । अध्यक्ष तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे । विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए ।

राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि कुनै संशोधन परेको थिएन । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भैसकेको छ ।

विधेयकमाथिको दफावार छलफलपछि कानुन न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

अब राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई दिनेछ । प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर प्रतिनिधि सभाले विधेयक सभाुमखबाट प्रमाणित गराएर प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ ।

राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ । सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो

प्रतिक्रिया